एक वर्ष अघिदेखि बरालिएको राजनीति अझै नसुध्रिएकोमा पीडा लागेकोछ : प्रधानमन्त्री ओली

उज्यालो प्रतिनिधि १८ बैशाख २०७८, शनिबार उज्यालो फोकस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष अघिदेखि बरालिएको राजनीति अझै नसुध्रिएकोमा आफूलाई पीडा लागेको बताएका छन ।

शनिबार मजदुर दिवसका अवसरमा शुभकामना दिदै प्रधानमन्त्री ओलीले यसै समयदेखि बरालिएको राजनीति अझै सुध्रिन नसकेको र आफुलाई बृहत पीडा भएको बताएका हुन । उनले स्थिरता र विकासको जनचाहनामा केही नेताहरुको अतृप्त आकंक्षा कुण्ठा र इर्श्याका कारण एक प्रकारको अराजक अवस्था सिर्जना भएको तर्क गरे । केन्द्रमा शुरु भएको राजनीतिक गड्बडी अहिले प्रदेश हुँदै स्थानीय तहसम्म पुगेको प्रधानमन्त्रीको भनाई थियो । उनले ट्रेड युनियन आन्दोलनले सिकाएको कुरा राजनीतिक आन्दोलनले ग्रहण गर्दा परिस्थिति यस्तो भएको धारणा पनि राखे । प्रधानमन्त्री ओलीले आगामी वर्षबाट मजदुरको न्युनतम मासिक तलब वृद्धि गरिने प्रतिवद्धता पनि जनाए ।

अघिल्लोपटक पुनरावलोकन गर्न नसकिएको उल्लेख गर्दै ओलीले यसपटक आउँदो वर्षबाट भने पारिश्रमिक बढ्ने बताए ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार