काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन ।
शुक्रबार जनकपुरधामस्थित एमाले पार्टी कार्यालय मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले केपि ओली दम्भको वायुपङ्खी घोडामा चढ्नुभएको कारण एकता क्षीण हुँदै गएको स्पष्ट गरे । प्रधानमन्त्री ओलीको दम्भ धरहरा भन्दा अग्लो भएको उनको टिप्पणी छ । पार्टी गम्भीर सङ्कटको चरणबाट गुर्जी रहेको छ भन्दै उनले सङ्कटको सिर्जनकार पार्टी अध्यक्ष भएको आरोप लगाए । उनले आफूसँगको कुराकानीमा आफू समाधानको बाटो अपनाउन आग्रह गरेकामो पार्टी अध्यक्षले पार्टी एकता सुन्ने नचाहेकाले पार्टी, लोकतन्त्र, संविधान, सङ्घीयता, विधि र प्रक्रिया धरापमा परेको धारणा राखे । पार्टी अध्यक्षलाई २७ संसद्को पद खोस्ने कुनै आधार नरहेको स्पष्ट गर्दे उहाँले आफूहरूको मूल घर नेकपा ( एमाले) नै रहेको स्पष्ट पारे ।
नेकपा एमालेको एकता बचाउन र कम्युनिस्ट आन्दोलनको रक्षा गर्न राष्ट्रिय कार्यकर्ता भेलामा राजनीतिक प्रस्ताव गरेको उनले बताए ।






