मसँग बहुमत छ, राजीनामा दिन्न : प्रधानमन्त्री ओली

उज्यालो प्रतिनिधि ३० चैत्र २०७७, सोमबार उज्यालो फोकस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभालाई बन्धक बनाएको आरोप लगाएका छन ।

सोमबार काठमाडौंमा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाजको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सद अधिवेशनको पहलो दिन अध्यादेश पेश गर्न नदिएको आरोप लगाए । प्रधानमन्त्री ओलीले अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सभामुखले निर्णायार्थ पेश नगरेको आरोप पनि लगाउदै सरकारले पेश गरेको प्रस्ताव रोक्ने अधिकार सभामुखलाई नरहेको बताए ।

संविधान, कानुनको मतलब नराखी बलजफति गरेको भन्दै प्रतिपक्षी नेपाली कांग्रेस मुखमा ‍पानी हालेर किन चुपचाप बसिरहेको भन्दै प्रश्न पनि गरे । उनले साँठगाँठ गरेर सरकारमा जान खोजिरहेका कारण कांग्रेस नबोलेको आरोप लगाए ।

एमालेका अध्यक्ष समेत रहेका ओलीले आफूलाई माओवादीको समर्थन नचाहिएको भन्दै फिर्ता लैजान चुनौति दिए । आफुसंग बहुमत रहेको भन्दै उनले राजीनामा नदिने प्रष्ट पारे । माधव नेपालले पार्टी फुटाउन खोजेको आरोप लगाउँदै ओलीले माधव नेपालले अब कहिँबाट चुनाव जित्न नसक्ने ठोकुवा गरे ।

प्रधानमन्त्री ओलीले आफूले पार्टी एक गरेर लैजान खोजेको, ज–जसले भागबण्डा मागे दिएको भन्दै आफुलाई नै दलको नेता र सदस्यबाटै निष्काशन गरेको बताए ।

प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण ध्यान समृद्धि र बिकास तर्फ रहेको भन्दै सरकार आफ्नो लक्ष्यमा तीवै गतिका साथ अघि बढिरहेको धारणा राखे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार