राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भियतनामी समकक्षीलाई बधाई

उज्यालो प्रतिनिधि २६ चैत्र २०७७, बिहीबार उज्यालो फोकस

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी गणतन्त्र भियतनामको राष्ट्रपतिको कार्यभार सम्हालेका न्युयेन सुआन फुकलाई हार्दिक बधाई ज्ञापन गरेका छन । राष्ट्रपति भण्डारीले उनलाई आज बधाई सन्देश पठाउँदै भियतनामको राष्ट्रपतिमा निर्वाचित हुनु उनीप्रतिको भियतनामी जनताको विश्वास र भरोसाको प्रमाण भएको बताएका छन । सन्देशमा राष्ट्रपतिले उनको सक्षम नेतृत्व तथा भियतनामको विकास र समृद्धिका निम्ति उनले गरेको योगदानको सम्मान हो भनेका छन ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनामको प्रधानमन्त्रीमा पाम मिन चिन बहाल भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना सन्देश पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सन्देशमा प्रधानमन्त्री ओलीले सन् २०१९ मा भएको आफ्नो भियतनाम भ्रमणको स्मरण गर्दै दुई देशबीच विद्यमान सांस्कृतिक सामिप्यता र मैत्रीपूर्ण सम्बन्ध प्रधानमन्त्री चिनको कार्यकालमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार