जहाज होल्डिङ हुने समस्यालाई शून्यमा झार्ने गरी तत्काल काम अघी बढाउन मन्त्री ढकालको निर्देशन

उज्यालो प्रतिनिधि २२ चैत्र २०७७, आईतवार उज्यालो फोकस

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जहाज होल्डिङ हुने समस्यालाई शून्यमा झार्ने गरी तत्काल काम अगाडि बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन ।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचनाको निरीक्षण गर्दै मन्त्री ढकालले जहाज होल्डिङ भइ अनावश्यक सास्ती खेप्नृु परेकोले तत्काल यो समस्या समाधान गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका हुन । आकाशमा डेढ घण्टासम्म जहाज होल्ड भएको गुनासो सुन्नु परेको बताउँदै उनले यस्तो समस्यालाई शून्यमा झार्ने गरी तत्काल काम अगाडि बढाउन आग्रह गरे । उनले नेपालमा इन्धनको मूल्य धेरै भएको भन्दै अन्तर्राष्ट्रिय स्तरको मूल्य बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिए । जहाज होल्ड हुँदा नेपालको हवाई क्षेत्रको बारेमा गलत सन्देश समेत जाने उनको भनाई छ । त्यस्तै उनले विमानस्थलमा पहुँचको आधारमा मान्छे प्रवेश गराएर भिआइपी कक्ष भिड कक्ष जस्तो भएको बताए ।

मन्त्री ढकालले त्रिभुवन विमानस्थलको व्यवस्थापन राम्रो भएमा देशका सबै विमानस्थल आफैं व्यवस्थित हुने दावी गरे । कोभिड–१९ ले सबैभन्दा धेरै मारमा परेका क्षेत्रमध्येको पर्यटन क्षेत्र पनि रहेको उनले बताए । आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम बन्ने चरणमा रहेको बताउँदै मन्त्री ढकालले मातहतका सबै पक्षलाई सुझाव र सल्लाह दिन आग्रह पनि गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार