पदका लागि मुलुकलाई बन्धक र समस्यामा ल्याउन हुँदैन : मन्त्री श्रेष्ठ

उज्यालो प्रतिनिधि १८ चैत्र २०७७, बुधबार उज्यालो फोकस

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई नयाँ ढङ्गले व्यवस्थित र पुनर्गठन गर्दै अघि बढ्ने बताएका छन ।

नेकपा एमाले ललितपुरद्वारा आयोजित ‘३१ औं पाटनमुक्त क्षेत्र घोषणा दिवस तथा शहीद सम्मान कार्यक्रम’मा मन्त्री श्रेष्ठले समृद्ध मुलुक निर्माणका लागि नेकपा एमाले पार्टीका साथै यसमा रहेका नेता तथा कार्यकर्ता समेत एकजुट भएर अघि बढ्न जरुरी भएको बताए । त्यस्तै उनले पदका लागि मुलुकलाई बन्धक र समस्यामा ल्याउन नहुने तर्क गरे । उनले अव एमाले एकतावद्ध भएर अघि बढ्ने दावी पनि गरे । त्यस्तै विसं २०४६ चैत १८ गते पाटन क्षेत्रलाई तत्कालीन शासकबाट मुक्त गर्ने क्रममा शहीद भएका चार सपुतले छाडेर गएका अधुरा सपनालाई पूरा गर्न लागि पर्ने उनको बताए । तत्कालिन समयमा ललितपुरका जनताले निरङ्कुश शासन विरुद्ध गरेको त्याग र बलिदानको आफूहरुले सदैव कदर गर्दै अघि बढ्ने उनको भनाइ थियो ।

नेकपा एमाले ललितपुरका जिल्ला कमिटी अध्यक्ष हरिकृष्ण ब्यञ्जनकारले २०४६ साल चैत १८ गते पाटनका जनताले पञ्चायती शासनलाई घुँडा टेकाउन सफल भइ आजको दिनमा आइपुग्न पाएको बताए । यसैबीच मन्त्री श्रेष्ठले ललितपुर महानगरपालिका–१३ नख्खु दोबाटोमा २०३१ साल असोज १३ गते जेल सार्ने क्रममा तत्कालीन सरकारले गोली हानी हत्या गरेका चार योद्धा ठगीराज दाहाल, लीलानाथ दाहाल, खगेन्द्रराज दाहाल र गोकर्णबहादुर कार्कीको सालिकमा माल्यार्पण गरेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार