काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङले एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिल्यैदेखि बाक्लो दाल खाने इच्छा राखेको दावी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले ओलीले पहिल्यैबाट बाक्लो दाल खाने इच्छा देखाएको दावी गरेका हुन् । पूर्वमन्त्री समेत रहेका तामाङले अब एमालेका माधवकुमार नेपाल समुहलाई जबर्जस्ती धकेलेर आफ्नो इच्छा पूरा गरेको समेत उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बाग्लो दाल खाने इच्छा पहिल्यै देखि देखाई रहेकै थिए। अब भने माधवकुमार नेपाल समुहलाई जबर्जस्ती धकेर इच्छा पूरा गरेरै छोड्ने भए ।’






