काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ओली सरकारसगँ सत्ता साझेदारी गरेर सगैँ सती जान नसकिने बताएका छन ।
ओली सरकार अहिले पनि संसद असफल पार्ने खेलमा नै लागिरहेको आरोप लगाउदै यादवले संविधान बिरोधी,लोकतन्त्र र संघीयता बिरोधी ओली सरकारसगँ सत्तासाझेदारी गरेर सगैँ सती जान नसकिने बताएका हुन । शुक्रवार प्रेस मञ्च नेपालले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका यादबले मुलुकमा अहिले देखिएको सम्पूर्ण घटनाक्रमको जिम्मेवार ओली सरकार रहेको जानकारी दिदैं सरकार पूर्ण रुपमा असफल भैसकेको बताए ।
यादवले प्रधानमन्त्रीको वा सरकारको ध्यान मुलुकको आर्थिक सम्वृद्धि,राष्ट्रिय समस्याको समाधान तर्फ नभई संघीयता,धर्मनिरपेक्षतालाई सिध्याउने खेलमा रहेकोे भन्दै प्रधानमन्त्री ओलीले मुलुकमा अधिनायकवाद लाद्न खोजेको जिकिर गरे । यादवले अब ओली सरकारलाई बिस्थापित गरेर प्रतिगमनको बिरुद्ध र लोकतन्त्रको पक्षमा रहेका दलहरु मिलेर नया सरकार गठन गर्नु पर्नेमा जोड दिए ।
त्यस्तै यादवले रशेम चौधरीको मुद्धा र राजबन्दी रिहाइको लागि मात्रै भएको तर सत्तामा जानका लागि चौधरीको मुद्धा बोकेर पार्टी नहिडेको स्पष्ट पारे ।






