काठमाडौँं । नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले एमालेका वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपाललाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
बालुवाटार बसेको उनी निकट स्थायी कमिटि सदस्यहरुको भेलामा उनले झलनाथ र माधव समुहका अगुवाहरुलाई कारबाहीको चेतावनी दिएका हुन् ।
‘भेलाका अगुवाकर्ताहरुलाई कारबाही गरेर जानुको विकल्प छैन । त्यसका लागि विधि र पद्धति बनाइन्छ’, ओलीले भने, ‘भोलि विधि पुगेन भनेर विरोध नहोस् भनेर हामी सचेत छौं । ढुक्क हुनुस्, पार्टीभित्र गुटगत काम गर्नेलाई कारबाही हुन्छ । आफ्नै गतिविधिले उहाँहरु कारबाहीका भागिदार हुनुहुन्छ ।’






