चितवन । हामी अहिले आधुनिक युगमा छौँ जहाँ हरेक कुरा आधुनिक तरिकाले तयार गरेको हुन्छन तर हाम्रो सोच चाहिँ जस्ताको त्यस्तै छ । हामी गर्नलाई सब कुरा गर्छौ तर सहि सोच अपनाउन सक्दैनौं जस्तै हरेक ठाउँमा सरसफाइ त हुन्छ तरपनि त्यो ठाउँ फोहरले भरिएको हुन्छ्न किनकि हामी सहि सोचका साथ सरसफाइ गरेको हुदैनौ। सरसफाइ गर्दा त्यहाँ फोहर राख्ने वयवस्था गर्दिनु पर्छ ।
सबै नागरिक जिम्मेवार न हुँदा जति सरसफाइ गरेपनी फोहरले नै भरेको हुन्छन् । सरसफाइ गरेर मात्र देश विकास सम्भव छैन सबै कुरामा सबै नागरिक सहि सोचका साथ अगाडि बद्नु पर्छ । सबैलाई अवसर दिनुपर्छ सब भन्दा जरुरी राजनीतिमा शिक्षित युवालाई ल्याउनु पर्छ । यहाँ न पढेको मान्छे धाक हेराउछ र पढेको लेखेको युवा अरु को देशमा गएर दुख गरेर आफ्नो खुसीको हत्या गरेर अरुलाई खुशी पारिरहेको हुन्छन् । के हामी यस्तै जीवन बिताउने हो त रु हाम्रो आउने पिडिलाई क जवाफ दिने रु किन सबै चुप छ रु के हामी आउने पिडिलाई खुशी हेर्न चाहदैनौ रु यदि चाहन्छौं भने सहि सोच बनाउनु पर्छ र अगाडि बदनु पर्छ ।
सडक बनाएर र सरसफाइ गरेर देश विकास हुँदैन । देश विकासका लागि सबै कुरामा विकास हुनु पर्छ । देश विकासका लागि सबै नागरिकलाई गुणस्तरीय शिक्षा दिनु पर्छ । आउँ अब सोच बद्लौ र देश विकास तिर लागौं सबै आ(आफ्नो क्षेत्रबाट योगदान दिएर सुन्दर र सक्षम देश बनाउ । जिम्मेवार नागरिक भएर निस्वार्थ भएर काम गरौं सस्तो लोकप्रियता कमाउन तिर नलागेर देस बिकासका लागि केही गर्नु पर्यो । सेवा निस्वार्थ भावनाले सफल हुन्छ किनकी जहाँ स्वार्थ हुन्छ त्यहाँ सेवा हुँदैन र जहाँ सेवा हुन्छ त्यहाँ स्वार्थ हुदैन ।


