विकृत चुनाव, जनतामा घट्दो विश्वास

विजय कुमार गुप्ता २२ जेष्ठ २०७९, आईतवार

राजनीतिको मुल मर्म जनतको सेवा, समाजको सेवा र राष्ट्रको सेवा हो । राजनिती समाजको नेतृत्व गर्ने प्रमुख कुरा हो, जुन सेवाभावबाट निर्देशित हुनुपर्दछ । यस चुनावमा राष्ट्रिय राजनीति, स्थानिय राजनीतीमा राजनीतीको आधारभूत आदर्श र मूल्यहरू गुमाउँदै गएको देखिन्छ राजनीति सबै कोणबाट आलोचित र छुब्द्घ हुदै गएको छ । राजनीति समाज र राष्ट्रको लागी सर्वाधिक महत्त्वपूर्ण आयाम छ तर आज भोली यसको चरित्र बिग्रँदो छ भनेजनतामा यसको साख खस्किँदो छ । यसको प्रमुख कारणहरू के के हुन् ?यसको वस्तुगत पक्षहरू नियालनु पर्दछ

यस स्थानीय निर्वाचन सकिएलगत्तै सिरहाको लहान बस्ने एकजना मित्रसँग मेरो भेट भयो र हामी दुईबीच चिया पिउने क्रममा समसामयिक राजनीतिबारे चर्चा भयो भेटने मित्र र मेरो राजनीतिक विचार भिन्न थियो । भर्खरै सम्पन्न चुनावलगायत पछिल्लो राजनीतिक कटु यथार्थबारे छलफल गर्यौँ त्यो मित्रकोे राजनैतीक जिवनमा घेर लगानी छ, सबै जसो आंदोलनमा वहाको योगदान छ। स्थानीयनिर्वाचनको समबन्धमा मित्रले भन्नुभयो, ‘अब चुनावको लागी मलाई दस–बाह्र वर्ष जति ठेक्कापट्टा, व्यापार व्यवसाय गरेर दुई–चार करोड नकमाईकन राजनीतिमा उपलब्धी पाउन सक्दीनहोलाकिनकि राजनीतिमा लागेपछि चुनाव लड्नैपर्छ चुनावको लागीठुलो रकम चाहिन्छ । बिना प्रयाप्त रकमको पार्टीको नेता र जनतासँग सुखद र फलदायी समबन्ध हुन सक्दैन । मतदाताले बिना पैसाको पत्याउँदैनन् । यसो भन्दै उनले आफ्नो भावी राजनीतिक योजना सुनाए ।’ मित्रको भनाइमा राष्ट्रिय र स्थानीय राजनीतिको यथार्थ चित्रण थियो ।

राजनैतिकको नैतिक मूल्य र मान्यतहरु विलिन हुदै गएको छ । यस स्थानिय निर्वाचनमा उम्मेदवारहरुको विवेक र अनुशासनको कुरा भनाईमा मात्र सिमित देखियो । आस्था, विश्वास र निष्ठाहरू भौतिक सुविधामा सौदाबाजी भइरहेको छ । प्रतिबद्धता र इमानदारिताहरू अवसरसँग विनिमय गरिँदैछ । त्याग, सङ्घर्ष र बलिदानहरू निजी स्वार्थको छायाँमा परिरहेको छ, राजनितीमा त्याग गरेकोहरु , समाजमा समाजिक कार्यमा अबल रहेकाहरु पछि पर्दे गएका छन ।

कर्तव्य, दायित्व र सेवाभाव व्यापारीकरण र भ्रष्टीकरणको बन्दी बनिरहेको छ । यसले मुलुक बनाउने सुन्दर सपना र योजनालाई लिलाम गरिरहेको छ । चुनावमा भएको अनाकश्यक पैसाको चलखेलले विकास, शान्ति र समृद्धिको उद्देश्यलाई दलालीकरण र अपराधीकरण गरिँदैछ । जनताका परिवर्तन, न्याय र समानताका चाहना निरीह हुँदैछ । राजनीति सही रूपान्तरणतर्फ होइन, झनै विकृत बन्दै गइरहेको छ । यसले हाम्रो गलत गन्तव्य तर्फको यात्रालाई सङ्केत गरिरहेको छ ।

राजनीतिलाई यथास्थितिमा राखेर कुनै समूह वा व्यक्तिलाई मात्र रूपान्तरण गर्न खोज्यौँ भने त्यो सम्भव हुँदैन । चुनावमा रूपान्तरणको मुद्दा भोट ब्ल्याकमेलिङ गर्ने नारा मात्र हुन्छ ।

यस स्थानिय निर्वाचनमा पैसाको चलखेल गरी भोट प्रभावित पार्ने योजनामा प्रायः जसो उम्मेदवार देखिन्छ यसले समाजमा राजनैतिक प्रतीको प्रभाव र जनप्रतिनीधी छानैटमा नाकारात्मक प्रभाव पारेको छ । यस्तै गतिविधिहरूको उत्कर्षमा यसले भ्रष्टीकरण, अराजक वा आपराधिक चरित्र ग्रहण गर्दछ ।

जसरी पनि बढी कमाउने र जसरी पनि जित्ने रणनीति अन्तर्गत सिद्धान्त, मूल्यमान्यता र अनुशासनका कुराहरु निष्प्रभावी हुन्छ । परिणामतः हरेक सत्ता वा व्यक्तिमा चरम अवसरवादी, स्वार्थी, लोभीपापी, पदलोलुप, भ्रष्ट, दलाली जस्ता आपराधिक मनोवृत्ति मौलाउँछ । यसरी राजनीतिक दृष्टिकोण नै गलत मनोविज्ञानद्वारा निर्देशित भएपछि त्यस मातहत रहने सम्पूर्ण सामाजिक सत्ता, समूह, व्यक्ति पनि अंश–अंशमा सोही अनुरुप निर्देशित हुन्छ । यसले जनताको हालको राजनैतिक मोडेलमा विश्वास धटदो छ , यस्तै चुनाव बाट भ्रष्टाचार बढैर जाने र जनताको विश्वास घटदै जाने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *