आज माक्र्सवाद–लेनिनवाद–माओवादका सिद्धान्तले देखाएकोे बाटोमा विश्वभरी सहित नेपालमा भएको केही कम्युनिस्ट पार्टी लगायत भारतीय कम्युनिस्ट पार्टी (माओवादी), फिलिपिन्स कम्युनिस्ट पार्टी, टर्कीको माओवादी पार्टी र पेरु कम्युनिस्ट साथै अन्य देशहरुमा विभिन्न पार्टी दृढतासाथ अघि बढिरहेका छन् र थुप्रै मुलुकमा माक्र्सवाद–लेनिनवाद–माओवादका सिद्धान्तले देखाएकोे बाटोमा पार्टी गठन गर्ने क्रम निरन्तर जारी छ ।
माक्र्सवाद–लेनिनवाद–माओवादका पक्षधर आज एकातिर सिद्धान्तका विविध रूप विरुद्ध लडिरहेका छन् भने अर्कातिर २१औँ शताब्दीको बहुरूपी संशोधनवाद, लाल झन्डा बोकेको संशोधनवादविरुद्ध पनि लडिरहेका छन । माओवादले क्रान्तिकारीलाई दुवै मोर्चामा लड्ने विचार र बाटो दिएको छ । नेपाली समाजको सन्दर्भमा पनि यतिखेर हामी यी दुवै मोर्चामा लडिरहेका छौँ । परम्परागत प्रतिक्रियावादीसित मात्र नभएर कम्युनिस्ट नामका संसद्वादको अभ्यासमा लागेका प्रतिक्रियावादीसित पनि हामी लडिरहेका छौँ । नेपाली समाजको अहिलेको स्थिति साँच्चै जटिल छ । क्रान्तिकारीहरू संगठनात्मक दृष्टिले कमजोर भएको र संशोधनवादी हाबी भएको स्थिति छ । यतिबेर दक्षिणी हावाहुन्डरी जोडतोडले चलेको छ र कमजोर जरा भएकाहरू सँगसँगै पछि लागिरहेका छन ।
आगामी दिनहरु थप चुनौतीपूर्ण हुनेछन , दुवैथरी मोर्चा सिद्धान्तका विविध रूप लिएर सक्रिय हुनेछन । ‘कम्युनिस्टको सरकार हुँदा पनि’, ‘वामपन्थीको हातमा सत्ता आउँदा पनि’ विरोध गर्नेहरू ‘विदेशको विभिन्न शक्तिबाट निर्देशित’ हुन्,र ‘जनविरोधी’ हुन् भन्ने आरोप पनि क्रान्तिकारीहरूलाई वाम रूपधारी सत्ताधारी हुन भन्ने आरोप खुल्लम खुल्ला लगाइरहेको छ । वास्तवमा ‘लाल झन्डाविरुद्धमा लाल झन्डा’को संघर्ष निकै जटिल हुन्छ ।
नेपालमा कम्युष्टिहरु तिन कित्तामा विभाजित छन, लाल झन्डा बोकने १५ भन्दा बढीमा पार्टी, समुहको श्रपमा विभक्त छन नेपालमा सक्रियरुपमा राजनैतिक परिर्वतनको लागी संघर्ष गरिरेहेको छन कति कम्युष्टिको लाल झन्डा बोकी सत्तामा गएर माक्र्सवाद–लेनिनवाद–माओवादका सिद्धान्तका विरुद्ध गएर सत्ता जोगाउने दाउमा छन, कति सडक संघर्षमा छन तर उपलब्घी शुन्य प्रायः छ ।
आज भोली कम्युष्टिहरु लाल झन्डा बोकी सर्वहारावादी चिन्ता र चिन्तनबाट हामी एकदमै विमुख भएका छौँ । तैपनि हामी आफूलाई माक्र्सवाद–लेनिनवाद–माओवादका पक्षधर भन्छौँ कस्तो विडम्बना !
नेपालमा भएको कम्युष्टिको शब्दहरु लाल झन्डा’ बोकनेहरुलाई शब्दजाली बनाएर गोलचक्करमा रमाइरहने बनाएको जस्तो भएको छन, हामी यसलाई शब्दमा मात्र स्वीकार र्गर्छौंं कि व्यवहारमा पनि, प्रश्न यहीँनेर छ शब्दजाली बनाएर सत्तामा रही रहनेहो भने माओको सिद्धान्तका विपरित कार्य हुन्छ ,एक्लै भए पनि सत्यको पक्षमा दृढतासाथ खडा होऊ, महान् बहसमार्फत माओले सिकाएको सत्य यही हो लाल झन्डा बोकनेहरु यसमा सचेत भयोभने लाल झन्डा बोकनेहरु माक्र्सवाद–लेनिनवाद–माओवादका सिद्धान्त तय गरेको लक्षय तिर लमकिन्छ र लक्षय भेटने सुनिश्चित छ ।
लाल झन्डा बोकनेहरुको चर्चा गर्दै गर्दा सबैले छातीमा हात राखेर आत्मसमीक्षा र चितंन गर्नुपर्ने वेला आएको छ कठिन बाटो रोजेर आफ्नै टाउकामा आफैँले आगो लगाउन आवश्यक छ सबै लाल झन्डा’ बोकनेहरुलाई अब मोर्चाबद्ध हुनुको विकल्प छैन ।
लाल झन्डाविरुद्धमा लाल झन्डा’को संघर्ष अन्त्य गर्न अवशरवादीहरुलाई पराश्त गर्दे अगाडी बढन आजको अवश्यकता छ ।


