माओवादी जनयुद्धको अवतरणको रुपमा रहेको शान्ति प्रकिया आजसम्म टुंगो लागि सकेको छैन । जनयुद्धले स्थापित गरेको २१औँ शताब्दीको जनवादलाई लागु गर्न नसक्दा माओवादी पार्टी कमजोर बनेको छ । पुर्णरुपले जनवादको सपना बोकेको जनयुद्घ बाट जनताहरुको पक्षमा उपलब्धीहरुको चांग त भयो तर सबै क्षेत्रमा जनवादलाई सत्ता सञ्चालन र जनतासँग जोडन नसकेर जनताहरुको अपेक्षाको केन्द्र रहेको माओवादी आन्दोलन धाराशाथी बन्न पुगेको छ । अहिलेको आवश्यकता एक्काइसौं शताब्दीको जनवादको खाचो छ ।
पुरानो मोडलको जनवादले जनताको समस्या सामाधान गर्न सक्दैन । समाजवादमा पुग्न माओवादीले अघि सारेको ‘एक्काइसौं शताब्दीको जनवाद’ दस्तावेजलाई विकसित गर्नुपर्छ, सामाजदावको रक्षा मान्छेले मात्र गर्न सक्छ । सामाजदावको रक्षा पुजी र हतियारले हुन सक्दैन, यद्यपि तात्कालीन नेकपा माओवादीले २०५७ सालको दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनवाट एक्काइसौँ शताब्दीको जनवाद सम्बन्धी कार्यदिशा पारित गर्यो ।
यसमा माक्र्सवादको आधारभूत मान्यताहरूलाई आत्मसात गर्दै देश काल परिस्थिति अनुरूप यसको सिर्जनात्मक विकास र प्रयोगमा जोड गरिएको छ । दुनियाँमा भइरहेको प्रतिक्रान्तिकारी घटनाहरूवाट गम्भीर पाठ सिक्दै यसलाई परास्त गर्ने विधि र तरिकाहरू रहेको छ । कम्युनिष्ट आन्दोलनको पराजयका कारणहरू खोतल्ने प्रयत्न गर्नुको साथै यसमाथि भइरहेको भीषण वर्गीय हमलाविरुद्ध लड्ने, छल्ने र ढाल्ने रणनीतिक पद्धति पनि विकास गरिएको छ ।
२१औँ शताब्दीको जनवादमा सर्वहारा वर्गीय सेनाको अपरिहार्यतामा जोड गरिएको छ, यसको आधार त नेपालमा प्रशस्त छ तर यसलाई विकसित गरेर लग्नुपर्छ । राज्यसत्ता प्राप्ति पछिको भौतिक परिवेशमा पार्टीको सर्वहारा वर्गीय चरित्रको रक्षा, विकास र रूपान्तरण कसरी गर्ने भन्ने अहम् सवालमा जोड दिइएको छ ।
नेपालमा २१औँ शताब्दीको जनवादी क्रान्तिको लागि वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय उत्पीडनबाट जनसमुदायहरूलाई मुक्त गर्ने नीति रहेको छ । आत्मनिर्णयको अधिकारसहितको जातीय तथा क्षेत्रीय स्वशासन साथै सामन्तवाद र साम्राज्यवाद विरोधी पार्टी स्वतन्त्रताको सवाल पनि उल्लेख छ । यसरी पार्टी, सेना र राज्यसत्ता वा संयुक्त मोर्चाको वर्गीय अभ्यासमार्फत नै जनवादी क्रान्तिलाई पूर्णता दिनुको साथै प्रतिक्रान्तिलाई रोक्दै निरन्तर सङ्घर्षको ऐतिहासिक प्रक्रियाको माध्यमबाट समाजवाद हुँदै साम्यवादसम्म पुग्ने स्पष्ट कार्यदिशा नै २१औँ शताब्दीको जनवाद हो ।
पुर्णरुपमा समाजवादमा पुग्न २१औँ शताब्दीको जनवादी क्रान्तिलाई सफल तुल्याउनु आवश्य छ । समाजवादको नारा आज भोली प्रायः जस्तो पार्टीमा गुञ्जिरहेको छ तर सामाजवादमा पुग्न सर्वहारा वर्गीय चरित्रलाई बढी प्रोत्साहनको साथ अगाडी लगनुपर्ने हुन्छ । तर सबैजसोमा पुजीवादीहरुलाई बढी प्रोत्साहन दिएकोले सामाजवाद ‘मुखमा भन्ने राम राम बगलमा छुरी’ जस्तो भएको छ, । आज–भोलीको परिवेशमा कम्युनिष्टको नाममा सत्ता संचालन गर्दे जनतालाई ढाट्ने काम मात्र भएको छ । नेपालको कम्युनिष्ट आंदोलनमा टुट–फुटको असरले कम्युनिष्ट आंदोलन कमजोर हुदै गएको छ तर समाजवादमा पुग्न कम्युनिष्ट आंदोलन एकजुट भए सफल तुल्याउन सकिन्छ ।
तर्सथ कम्युनिष्ट आंदोलनको आगामी कार्यदिशा २१औँ शताब्दीको जनवादी क्रान्ति हुनुपर्दछ र सर्वहारा वर्गीय चरित्रको रक्षा गर्दे आगाडी बढनु पर्ने हुन्छ ।