नाम्फाको व्यथा, कस्लाई के थाहा ?

३ श्रावण २०७७, शनिबार १६:०६ मा प्रकाशित

सुर्य सिलवाल,सिन्धुपाल्चोक । जिल्लाको उत्तरी भेगमा पर्ने जुगल गाउँपालिका वडा २ ,नाम्फा दुर्गम गाउँ मध्ये पर्ने भएपनि एकदुई पटक सुनिएको गाउँ हो । जसबारे थोरैले सुनेपनि जुगल गापाको गाउँ क्षेत्रलाई मनाङ मुस्ताङ दाजिहाल्छन् । यसबारे आवश्यक तथ्य दिइरहन नर्पला । गएको असार २६ गते राती अविरल वर्षातले जमिन भासिन थाल्यो । एक्कासी पहिरोले वरीपरी घेर्न थाल्यो । गाउँभर खैलाबैला मच्चिरहे । गाउँको दाँयाँ र बाँया पहिरो झर्न थालेपछि स्थानीय सुरक्षित स्थानतर्फ दौड्न थाले, न वर्षा रोकियो न पहिरो नै । बिहानभर पहिरो हेरेर बस्नुबाहेक विकल्प भएन् ।

पहिरोबाट बृद्धवस्था र बालबालिकाहरुलाई बोक्दै सबै सुरक्षीत तर्फ लाग्यौ । मानविय क्षति नभएतापनि बस्तुभाउ र जग्गा पहिरोले पुरिएर फाँटेको छ । करिब एक हजार रोपनी जग्गामा लगाएका धान,मकै,बालीहरु पूर्ण रुपमा क्षति भयो । पहिरो आउने कुनै भौगोलिक कारण र जोखिमको आश नभइकन कसरी यहाँ यस्तो दुखद घटना घट्यो । यसबारे भुर्गविद पनि भुगोललाई कारण देखाउन सक्दैनन् गाउँका बुढापाका हरु पनि यसरी अत्यासै लाग्ने गरि पहिरो अहिले सम्म नगएको बताउछन् । तर बलेफी ए हाइड्रोपपावरको कारणले यस्तो घटना भएको स्थानीयको आरोप छ । ‘नाम्फाभन्दा तल ३६ मेगावट क्षमताको निर्माणाधिन् जलविद्युतको सुरुङ बनिरहेको छ, जहाँ फुक्काफाल विस्फोट गर्ने काम भइरहेको छ, विष्फोटले गाउलाई कम्पन दिलाइरहेको छ’ एक स्थानीय भन्छन् ।

त्यँही जथाभावी विस्फोटको कम्पनले गर्दा गाउँको माथिल्लो भाग भास्सिएर वर्षातले पहिरोको रुप बनाएको स्थानीय दाबी गर्छन् । गाउँको केही पहुँच वाला र जल्दाबल्दाहरुँग समन्वय गरेर हाइड्रोपावर सञ्चालनमा ल्याइएको पाइन्छ । गत मंसिरमा हाइड्रोले बिनासर्त हाइड्रो संन्चालन गर्दै आएको र हामी पिडितहरुको गुनासो बेवास्ता गर्दै आएको भनी जिल्लामा निवेदन दिँदा पनि आजको दिन सम्म सुनुवाइ नभएको स्थानिय बताउँछन् । करिब नाम्प्फा गाउँमा ८० घर परिवार रहेको छ, नाम्फा गाउँ मुनि अडिट छ।

त्यस्तै लिदिमा सोही दिन पहिरो गएको छ लिदिमा करिब १५० घरधुरी पहिरोको कारण जोखिममा छन् । लिदि गाउँ मुनि बलेफी हाइड्रोपावरको इन्लेट्को काम भैरहेको छ। केहिदिन अघि बस्तीमै आएर पालिका प्रमुख होमनारायन श्रेष्ठज्युले केही थान ट्रेन्ड,त्रीपाल र कम्बल वितरण गर्नुभयो र आज प्रतिघर एउटा त्रीपालको दरले पालिका बाट राहत पाएको छ। नाम्फासँगै रहेको सानो नाम्फाको ५ घर परिवारले गाउँनै छाड्न बाध्य भएपछि अन्तै टेन्ड मुनि चिसो भुइँमा रात कटाई रहेको छ। नाम्फाका स्थानीय हाइड्रोपावरले बसाइँ सराई गराइदिनु पर्ने भन्दै आँशु झार्दै छन् ।

जब जब पानी पर्छ तब तब स्थानीयहरु भगवान पुकार्छन, त्यो सिवाय अरु विकल्प नभएको बताउछन् यो अवस्थामा हामी कहाँ जाने ? हाम्रो गुनासो कल्ले सुनिदिने ? हाइड्रोसँग बारम्बार समन्वय मिटिङ माग गर्दा पनि उहाँहरुले बेवास्ता गर्दै आएको छ।

भुकम्पले क्षतविक्षत पारेको हाम्रो गाउँ पुनः सृष्टि गरेर बसोबास गर्दै आएको नाम्फाको जग्गाजमिन पुनः उस्तै बनाएको छ यो हाइड्रोपावरको कारणले हो, पहिले नै भुर्गविद ल्याएर निरीक्षण गर्न अनुरोध गर्दा पनि उहाँहरुले नसुनेकै हो । यस बिषयतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार