समाज परिवर्तनका लागि समाजसेवीहरूको खाँचो छ : मन्त्री रेग्मी

उज्यालो प्रतिनिधि १२ चैत्र २०७८, शनिबार समाचार

काठमाडौँ ।  महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले समाज परिवर्तनका लागि समाजसेवीहरूको खाँचो रहेको बताएको छ ।

सिजन मिडियाद्वारा आज राजधानीमा आयोजित ‘दोस्रो नेशनल सोसल वेलफेयर अवार्ड २०२१’ वितरण समारोहमा बोल्दै उनले आफ्नै बाबुआमा तथा छोराछोरीलाई सडकमा पु-याउनेजस्ता मानवता हराइरहेका क्रियाकलाप देखिएकाले समाज परिवर्तनका लागि समाजसेवीहरूकोे खाँचो रहेको बताएको हो ।

मन्त्री रेग्मीले समाज परिवर्तनका लागि समर्पित समाजसेवीहरू आवश्यक रहेको र यस्ता कार्यक्रमले उहाँहरूलाई अझै सेवाभावमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुृभयो । उनले भने, “समाजमा हत्या, हिंसा भइरहेको तथा आफैँलाई जन्म दिने बाबुआमालाई सडकमा पु¥याउने र आफूले पाएका छोराछोरीलाई सडक चौतारीमा पठाउने अवस्था रहेको देखिन्छ, यो मानवता हराइरहेको अवस्थामा धेरै समाजसेवीहरू आउन जरुरी छ ।” उनले आफ्नो सुख, समय र कमाइ काटेर समाजसेवामा लागेकोप्रति धन्यवादसमेत दिए ।

मन्त्री रेगमीले समाजमा धेरै विसङ्गति र विकृतिहरू कायमै रहेकाले त्यसलाई राज्यले मात्रै लठ्ठी लगाएर रोक्न नसकिने बताउँदै जबसम्म मानिसको मानिसकतामा परिवर्तन हुँदैन तबसम्म समाज परिवर्तन हुन सक्दैन भने।

प्रतिनिधित्वको हिसाबले राष्ट्रपतिमा महिला, संसद्मा एकतिहाइ महिला र स्थानीय सरकारमा ४१ प्रतिशत महिला रहेको उल्लेख गर्दै उनले प्रतिनिधिभन्दा नेतृत्व तहमा पुग्न जरुरी छ भने । घरको डाडु, पन्यू चलाउने महिला भएजस्तै राज्यको डाडु, पन्यू चलाउने ठाउँमा पनि महिला पुग्न सक्नुपर्नेमा उनले जोड दिए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार