हत्या अभियुक्त भारतीय पक्राउ

उज्यालो प्रतिनिधि २२ पुष २०७७, बुधबार समाचार

भारत मोतिहारी घर भएका कलाम मियाको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँका २५ वर्षीय सुबोध शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–१६ बाइपास ओरालोस्थित सडकमा मङ्गलबार उनको छुरा प्रहारबाट गम्भीर घाइते भएका कलामको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनापछि फरार रहेका शर्मालाई काठमाडौँ फर्पिङस्थित सुरक्षा चौकीबाट आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार ना१ज ७५६२ नंको सुमो गाडीमा उपत्यकाबाट भाग्ने क्रममा फेला पारी प्रहरीले पक्राउ गरिएको हो । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

आगलागीमा दुई घाइते

काठमाडौँको तार्केश्वर नगरपालिका–८ का नुवाकोट पञ्चकन्या गाउँपालिका–२ घर भएका ३४ वर्षीय रामचन्द्र श्रेष्ठको कोठामा ग्यास पड्किन गई गए राति आगलागी भएको छ ।

आगलागीमा परी श्रेष्ठ र उनकी ६ वर्षीया छोरी रक्षा श्रेष्ठ घाइते भएका छन् । घाइतेमध्ये रामचन्द्रको करुणा अस्पताल कपनमा र रक्षाको कान्ति बाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार