कपिलवस्तुको चन्द्रौटामा दुई पसलमा आगलागी, ९० लाख बढीको क्षति

उज्यालो प्रतिनिधि २४ कार्तिक २०७८, बुधबार समाचार

कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा गएराति आगलागी हुँदा ९० लाख बढीको क्षति भएको छ । शिवराज नगरपालिका– ५ चन्द्रौटा चोकदेखि एक सय मिटरदेखि पश्चिममा रहेका दुई पसलमा राति करिब १० बजे आगो लागेको स्थानीयवासीले बताएका छन् ।

चन्द्रौटा फिक्स शप र सँगै रहेको ल्यापटप हस्पिटल तथा सेल्स पसलमा आगालागी भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ । आगलागीबाट दुवै पसलका सबै सामग्री नष्ट भएका छन् । दुवै पसलमा गरी ९० लाखको क्षति भएको अनुमान रहेको छ ।

फेन्सी पसलको रु ५० लाख र कम्प्युटर पसलको ४० लाख बढीको सामग्री जलेको सञ्चालकको भनाइ छ ।
आगो नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली स्थानीयवासी र दमकलको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षतिको विवरण प्रहरीले सङ्कलन गरिरहेको छ ।

आगलागीको यकिन कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । कम्पुटर पसलभित्रको बिजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार