८ आश्विन २०७६, बुधबार

अदालत

श्रीमान विदेश गएको बेला घरेलु हिंसा गर्ने परिवारलाई कैद सजाय

महाकाली नगरपालिका–७ की २४ वर्षीया विमला जोशीलाई ६५ वर्षीय ससुरा प्रमानन्द जोशी, ५५ वर्षीया सासु पार्वती जोशी र ३० वर्षीय जेठाजु श्यामराज जोशीले घरेलु हिंसा गरेको ठहर गर्दै जिल्ला अदालत दार्चुलाले जनही तीन महिना कैदको फैसला सुनाएको छ । न्यायाधीश गिरीराज गौतमको इजलासले आरोपितत्रयलाई दोषी ठहर गर्दै तीन/तीन महीना कैद र जनही रु २० हजार जरिवानाको फैसला सुनाएको जिल्ला दार्चुलाका श्रेस्तेदार किरन सिंहले जानकारी दिए । पीडित महिलाका श्रीमान् नवीनचन्द्र जोशी रोजगारीको सिलसिलामा बाहिर गएको अवस्थामा सासु, ससुरा र जेठाजुले आफूलाई शारीरिक, मानसिक, यौनजन्य र आर्थिक यातना दिएको भन्दै पीडित महिलाले २०७६ वैशाख २ गते जिल्ला अदालत दार्चुलामा मुद्दा दर्ता गराएकी थिइन् । कसुर ठहरिएका तीनै जनालाई पक्राउ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । मुलुकी अपराधसंहितामा तीन वर्षभन्दा कम थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ८ आश्विन २०७६, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार