चलचित्र ‘म्हारमेन’ को गीत ‘मी चीम चीम’ चर्चामा (भिडियो)

जेठ १० ,काठमाण्डौ । तामाङ चलचित्र ‘म्हारमेन’ को गीत ‘मी चीम चीम’ युट्युवमार्फत सार्वजनिक भएको छ ।

तामाङ भाषाको चलचित्रमा उल्लेखनिय योगदान रहेको अमिर दोङ र रञ्जिता लामा चलचित्रमा धेरै समयको ग्यापपछी एकैसाथ देखिएका हुन ।

गीतमा गायक एंव संगीतकार विशाल काल्तान र गायिका जितु लोप्चनले आवाज ,विशाल काल्तानकै शब्द रचना तथा संगीत रहेको छ भने भिडियोमा अमिर दोङ, रञ्जीता ब्लोन र सुष्मा मोक्तान लगाएतको अभिनय रहेको छ । छायाङकन भने बिक्रम लामाले गरेका हुन ।

निर्देशक तथा कोरियोग्राफर अजय स्याङतानको निर्देशनमा बन्न लागेको चलचित्रमा ऋतुराज पाख्रिनको कथा तथा दोर्जे तामाङको पटकथा र संवाद रहेको छ भने बिनोद लामा र सुनी लामाले चलचित्र निर्माण गरेका हुन । चलचित्रका प्रोडक्सन म्यानेजर कुईसाङ रुम्बा रहेका छन् ।

भिडियो हेर्नुहोस

प्रतिक्रिया