२५ कार्तिक २०७७, मंगलवार

किताव

‘ओयाम एक तस्वीर’ विमोचन

पाँचथर । पाँचथरको उत्तरी साविक ओयाम गाविसका सबै विषयवस्तुहरुलाई समेटेर लेखिएको पुस्तक ‘ओयाम एक तस्वीर’ विमोचन गरिएको छ । हाल याङवरक गाउँपालिका–३ मा समेटिएको यस साविक गाविसको इतिहासदेखि वर्तमानसम्मका विषयवस्तुलाई समेटेर यहाँका सुजन सेलिङ लिम्बूले उक्त पुस्तक तयार पार्नुभएको हो । पुस्तकको सोमबार याङवरक गाउँपालिका–३ स्थित गुप्तेश्वर माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा पूर्वराज्यमन्त्री श्रीप्रसाद जवेगूले विमोचन गर्नुभयो । सो अवसरमा जवेगूले प्रत्येक वडा, स्थानीय तह तथा जिल्लाले आ–आफ्ना इतिहास र वर्तमान कहिल्यै नमेटिने गरी सुरक्षित गर्न यो कार्यक्रमले सन्देश दिएको छ बताउनुभयो । उहाँले यस प्रकारका सिर्जनशील अभियानहरु अन्यत्रसमेत चलाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङले समाजका लागि विगतमा योगदान दिनेहरुको सम्मान र वर्तमानको यथार्थ चित्रणमार्फत भविष्यका योजनासमेत समेट्न उक्त पुस्तक प्रकाशनले आफूहरुलाई पाठ सिकाएको बताउनुभयो । पुस्तकका थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ कार्तिक २०७७, मंगलवार

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार