समाचार प्रभाव : पटक-पटकको दबाबपछि लमहीमा ‘नयाँ अटोभिलेज’

शिवु खनाल १६ श्रावण २०७८, शनिबार मुख्य नेटवर्क

देउखुरी । देउखुरी उद्योग बाणिज्य संघ लमहीले सरोकारवालालाई पटकपटक घच्घच्याएपछि कुरुप बन्दै गएको लमही बजारलाई व्यवस्थित गर्न नयाँ अटोभिलेज निर्माणको कामलाई तिब्रता दिइएको छ । लगातार उज्यालो नेटवर्क डटकममा कुरुप बन्दै लमही बजार नामकको समाचार प्रकाशित भएपछि दाङ जिल्ला कै केन्द्र विन्दु मानिने लमही बजार क्षेत्रलाई सफा, सुन्दर बनाउने सोच र सडकपेटी अतिक्रमणले बजार क्षेत्रका सडकमा सर्वसाधारणलाई हिँडडुल गर्नसमेत अप्ठ्यारो हुने गरेको गुनासो आएपछि अतिक्रमित सडकपेटीलाई खाली गराउन देउखुरी उद्योग बाणिज्य संघ लमहीको सक्रियतामा लमहीमा अटोभिलेज निर्माण गर्न थालिएको हो ।

राजमार्ग क्षेत्रमा सडकपेटी अतिक्रमण गरि पसल संचालन गर्ने, मोटरसाइकल ग्यारेज संचालन गर्ने, विभिन्न किसिमका निर्माण तथा व्यवसायिक सामग्री थुपार्ने कार्य, जथाभावी पार्किङ र फुटपाथ व्यापारीका ठेलाले बजारको स्वरुप कुरुप बन्दै गएको भन्दै गत मंगलवार जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय दाङ, ईलाका प्रशासन कार्यालय लमही, वडा प्रहरी कार्यालय लमही, देउखुरी उद्योग बाणिज्य संघ लमही, र लमही नगरपालिकाले संयुक्तरुपमा गरेको बजारको निरिक्षण एवम् अनुगमनको गद स्थानीय व्यापारीहरुलाई बुधवार देखि तिनदिन भित्र सडकपेटी खाली गर्ने निर्देशन दिइएको हो ।

देउखुरी उद्योग बाणिज्य संघ लमहीको नेतृत्वमा लमही अटो एसोशियनका प्रतिनिधि, स्थानीय अटोभिलेज व्यवसायी, वडा प्रहरी कार्यालय लमही, लमही नगरपालिका लगायतको टोलीले अटोभिलेज निर्माण गर्नको लागी प्रस्तावित जग्गा छनोटको अनुगमन गरेको थियो ।

अर्जुनखोला देखि करिब पाँचसय मिटर दक्षिण तर्फ लमही नगरपालिका वडा नम्बर ६ र ७ सिमाक्षेत्रमा रहेको सामुदायिक वनमा रहेको छ विघा ऐलानी जग्गामा नयाँ अटोभिलेज निर्माण गर्न लागिएको छ । अटोभिलेज निर्माणसंगै वरपर संरक्षणको लागि धमाधम तारजाली लगाउने संघका अध्यक्ष खगेश्वर खनालले बताए ।

देउखुरी उद्योग बाणिज्य संघ लमहीले पछिल्लो समय चालेको कदम स्वागत योग्य भएको अटो व्यवसायीहरुले बताएका छन् । लमही बजार क्षेत्रलाई नमुना योग्य बनाउनका लागि अटोभिलेज व्यवस्थापन गर्न आवश्यक रहेको हुँदा यसले आफुहरु खुसी भएको उनिहरुको भनाई छ । त्यस्तै नयाँअटोभिलेज निर्माणाधिन स्थलमा ८६ वटा अटो पार्टस्, दुईवटा सार्वजनिक शौचालय, सिचाँइको लागी डिप बोरिङ्, मन्दिर, बस बिसौनी प्रतिक्षलय, छवटा क्यान्टिङ, विजुली बत्तिको व्यवस्थापन गरिने लमही अटो ईञ्जिनियरिङ् एसोसियनका प्रतिनिधि भेष्मराज गैरेले जानकारी दिए ।

नयाँ अटोभिलेजको लागि दश करोड बजेट लाग्ने !
लमहीमा नयाँ अटोभिलेज निर्माण गर्नको लागि अनुमनित करिब दश करोड बजेट लाग्ने देखिन्छ । निर्माण कार्य सुरु भएदेखि सम्पन्न हुदाँ सम्म दश करोड बजेट खर्चिने देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालले बताउनुभयो । अहिले राजमार्ग देखि नयाँ अटोभिलेज प्रवेशद्धारको लागी पुरानो बाटोलाई मर्मत गर्ने कार्य सुरु भएको छ ।

वासिङ र सर्भिसिङ सेन्टर !
विभिन्न ठाउँ हुँदै लमही आएका सवारी साधनलाई सफा राख्नका लागि नयाँ अटोभिलेजभित्रै वासिङ सेन्टर स्थापना गरिने भएको छ । वासिङ सेन्टर स्थापनासँगै गाडीलाई सफा बनाउनका लागि सहयोग पुग्नेछ । सोलार बत्ती जडान र अपाङ्गमैत्री शौचालय निर्माण नयाँ अटोभिलेजलाई रातको समयमा उज्यालो बनाउनका लागि सोलार बत्ती जडान गरिने छ । अटोभिलेजमा हाल ५० बत्ती जडान गरिने र आवश्यकता अनुसार सोलार बत्ती थप गर्दै लैजाने देउखुरी उद्योग बाणिज्उ संघ लमहीका अध्यक्ष खगेश्वर खनालले बताए । यस्तै शारीरिक रुपमा अशक्त व्यक्तिलाई ध्यानमा राखेर अपाङ्गमैत्री शौचालय निर्माण गरेको छ ।

अटेरी गरे कार्वाही गरिने प्र.जि.अ कुरुम्वाङ् !
लमहीका अतिक्रमित सडकपेटी खाली हुदैँ गएको छ । लमही बजार कुरुप बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय दाङले गत मंगलवार अनुगमन गर्दै सडकपेटी खाली गर्न निर्देशन दिएको थियो । अहिले केही अतिक्रमित सडकपेटी खाली गरिएको छ । अन्य सडकपेटी खाली गर्न अटेरी गरे कानुन बमोजिम कार्वाही गरिने दाङका प्रमुख जिल्ला अधिकारी रामबहदुर कुरुम्वाङ्ले बताए । उनले सडकपेटी अतिक्रमण गरि व्यापार व्यवसायी गरेको जोकोहीलाई पनि सुरक्षाकर्मी परिचालन गरेर पक्राउ गरी कानुन बमोजिम कार्वाहीको प्रक्रिया अगाडि बढाउने बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार