५ नं. प्रदेश

सरकारी गाडीमा आगजानी, विप्लव समुहले गरेको अनुमान

नवलपरासी । विहिबार राति सरकारी गाडीमा आगजनी भएको छ । नवलपुर जिल्ला अदालतका श्रेष्तेदार सारदा दत्त बडु चढ्ने गोडीमा आगजनी भएको नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिएका छन् । आफु बस्दै आएको घरनजिकै बा २ झ ३५०२ नम्बरको गाडी पार्किङमा थियो । गाडीमा विप्लव समुहले आगो लागाएको अनुमान गरिए पनि पर्टीले भने जिम्मा […]

स्कूल विभाग नेतृत्व मलाई दिँदा न्यायोचित हुन्छ : घनश्याम भुसाल

बुटवल । नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले ‘यदि पार्टी सामूहिक निर्णयबाट चल्ने हो, मैले गरेको योगदानको मूल्याँकन गर्ने हो र गुटगत स्वार्थभन्दा माथि उठ्ने हो भने स्कूल विभाग मलाई दिँदा न्यायोचित हुन्छ ।’ उहाँले बताउनु भयो । विहिबार लुम्बिनी प्रेस क्लबले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा भुसालले आफू स्कूल विभाग सम्हाल्नका […]

गुल्मीमा पहिरोले पुरिँदा एकै परिवारका ८ जनासहित् १० को मृत्यु, २ वेपत्ता

गुल्मी । गुल्मीको सत्यवति गाउँपालिकाको २ वटा वडामा पहिरोले पुरिँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । अझै २ वेपत्ता छन् । गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठूलो लुम्पेकमा २ जनाको मृत्यु भएको छ भने वडानम्बर ४ को लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको छ । […]

सुरुमा बाझाबाझ, त्यसपछि सम्बन्धविच्छेद, फेरि १७ दिनपछि ‘कोर्ट म्यारिज’

काठमाडौं । नेपालीमाझ एउटा उखाजन निकै प्रचलित छ–लोग्नेस्वास्नीको झगडा परालको आगो । नभन्दै अर्घाखाँचीमा एउटा दम्पतीले यो लोकोक्ती सत्य सावित गरेका छन् । उनीहरुले सम्बन्धविच्छेद गरेको १७ दिनपछि अर्घाखाँची जिल्ला अदालतमा आएर फेरि कोर्ट म्यारिज गरेका छन् । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–१ बस्ने लिलामनी पौडेल र सोही ठाउँ बस्ने गुल्मीको छत्रकोट गाँउपालिका–१ की जमुना पौडेलले […]

कांग्रेस सभापति देउवा भन्छन्, ‘सरकार भ्रष्टचारमा डुब्यो’

बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टचारमा चुर्लुम्म डुबेको बताएका छन् भैरहवामा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकारले भ्रष्टचारबाहेक अरु केही नगरेको बताएका हुन् । उनले वाइडबडी विमान खरिद, बुढिगण्डकी जलविद्युत आयोजना, बालुवाटार जग्गाकाण्डमा चरम भ्रष्टचार भएको दावी गरे । विदेशी सहयोग र अनुदानबाट आउने रकम […]

‘कांग्रेस र कम्युनिष्ट भ्रष्टचार र कुशासनमा डुब्यो, विकल्प खोजौँ’

बुटवल । पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस र कम्युनिष्ट दुवै भ्रष्टचार र कुशासनमा डुबेकाले विकल्प खोज्नुपर्ने बताएका छन् । भैरहवामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालका कांग्रेस र कम्युनिस्ट पार्टीबाट समृद्धि र सुशासन सम्भव नभएकोले अब दुवैको विकल्प खोज्नुपर्ने बताएका हुन् । ‘कांग्रेस र कम्युनिष्ट दुवै कुशासन र भ्रष्टचारमा चुर्लुम्म डुब्यो, […]

सहमति अनुसार प्रचण्ड प्रधानमन्त्री : नेता गौतम

प्यूठान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामेदव गौतमले एकताका क्रममा भएको सहमतिअनुसार नै नेकपाका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका छन् । प्युठानमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने सहमति अनुसार प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका हुन् । यदि यसो नभए एकता प्रक्रिया नै बिथोल्न सक्ने […]

जबर्जस्ती करणी अभियोगमा खड्का पक्राउ

अर्घाखाँची । जबर्जस्ती करणी अभियोगमा सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका प्रेमबहादुर खड्का पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालयले उनलाई सन्धिखर्क शान्ति बगैँचास्थित होटल क्याराभानबाट प्रक्राउ गरेको हो । कपिलवस्तु बुद्धभूमि नगरपालिकाबाट कामको सिलसिलामा सन्धिखर्क आएकी एक महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले होटलको व्यवस्था मिलाइ दिने तथा होटलको भाडासमेत तिरिदिने […]