३ नं. प्रदेश

अरनिको र विपी राजमार्गमा एक/एक घण्टाको अन्तरमा ३ को मृत्यु

शिखर चिमौरीया/काभ्रे । अरनिको राजमार्ग र विपी राजमार्गमा एक एक घण्टाको फरकमा एकै दिन अथवा १० बजे देखि २ बजे भित्र छुटा–छुट्टै दुर्घटनामा तिन जनाको मृत्यु भएको छ । काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. १४ साझा पेट्रोल पम्प नजिक जनागलमा स्कारपियोले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना […]

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाँदै

साउन १४,काठमाण्डौ । काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि साउन १८ गते सिंगापुर जाने भएका छन् । ओली ७ दिनका लागि नीजि उपचारका क्रममा सिंगापुर जान लागेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेको भवन अलपत्र

शिखर चिमौरिया / काभ्रे । जिल्ला प्रशासन कार्यालयको निर्माणाधीन भवन सात वर्ष बित्दासमेत निर्माण सम्पन्न हुन सकेको छैन । अन्य निकायले गल्ति गरे कानुनी कठघरामा उभ्याउने अधिकार पाएको जिल्ला प्रशासन कार्यालय काभ्रेको आफ्नै भवन भने ठीक समयमा निमार्ण भएको छैन ।  समयमै निर्माण सम्पन्न हुन नसक्दासमेत सरोकारवाला मुकदर्शक बनेर बस्न बाध्य छन् । भवन निर्माण कार्य […]

सवारी तथा यातायात व्यवस्था ऐनको कार्यान्वयनमा समस्या

साउन १० , हेटौँडा । प्रदेश नं ३ सरकारले साउन १ गतेदेखि लागू गरिएको सवारी तथा यातायात व्यवस्था ऐनको कार्यान्वयनमा समस्या देखिएको छ । सो ऐनको केही प्रावधान सङ्घीय कानूनसँग बाझिएकाले यसको कार्यान्वयनका समस्या देखिएको यातायात व्यवस्था सेवा कार्यालय मकवानपुरले जनाएको छ । समस्या देखिएपछि सवारी साधनमा जरिवानासहितको कर उठाउनसमेत रोकिएको हो । कर बुझाउन […]

कसरी हुन्छ, सवारी दुर्घट्ना ? काभ्रेका प्रमुख जिल्ला अधिकारीले खुलाए कारण

शिखर चिमौरिया/ काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगर सवारी दुर्घट्ना हुनुका ४ कारणहरु रहेका बताएका छन् । नेपामा आज (विहिबार) आयोजित सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दुर्घटना न्यूनीकरण तथा सचेतता अभियान अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ मगरले उक्त कारणहरु बताएका हुन् । प्रजिअ मगरले चालकको लापार्बाही, सवारी साधन […]

भारतीय माहबाहकले ७ ओट सवारी साधनलााई ठक्कर दिँदा २को मृत्यु, १० घाइते

मकवानपुर । भारतीय नम्बर पेट रहेको माहबाहक सवारी साधनको ब्रेक फेल भएर ७ ओट सवारी साधनलााई ठक्कर दिँदा २ जनाको मृत्यु, १० भन्दा बढी घाइते भएका छन् । त्रिभुवन राजपथ अन्तरगत मकवानपुर जिल्लाको चुरियामाईको उकालोमा ब्रेक फेल भई सवारी दुर्घटना भएको हो । दुर्घटनामा परि अटो चालक सुजन ढकाल र एक एक मोटरसाइकल चालकको मृत्यु […]

बनेपामा युवतीमाथि ‘सिरिञ्ज’ आक्रमणमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ

काभ्रे । काभ्रेको बनेपामा आतंककै विषय बनिरहेको शृङ्खलाबद्ध ‘सिरिन्ज’ आक्रमणमा स‌ंलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । बनेपा क्षेत्रका विभिन्न युवतीलाई अज्ञात व्यक्तिले शृंखलाबद्ध सिरिन्ज आक्रमण गर्ने गरेको उजुरी बढ्दै गएका वेला प्रहरीले सो आक्रमणमा संलग्न रहेको आरोपमा बनेपाको चारदोबाटोबाट पक्राउ गरिएको हो । यसरी युवतीहरुमाथि सिरञ्ज हान्ने गरेको आशंकामा पक्राउ पर्नेको नाम र […]

समाजवादी पार्टी काभ्रेका युवा नेता नवीन तामाङद्धारा पार्टी परित्यागको घोषणा

काठमाडौं । समाजवादी पार्टीका युवा नेता नवीन तामाङले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् । उनी तत्कालीन नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य थिए । जनमुक्ति सेनामा आबद्ध उनी शान्ति प्रक्रियासँगै तत्कालीन नेकपा माओवाद काभ्रे जिल्ला कमिटिमा आएका थिए । त्यसपछि उनी […]

‘३ नम्बर प्रदेशको नाम नेवा–ताम्सालिङ दुईतिहाई बहुमतका साथ पास हुन्छ’

काठमाडौं । ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्य रत्न प्रसाद ढकालले ३ नम्बर प्रदेशको नामकरण नेवा–ताम्सालिङ रहने दावी गरेका छन् । काठमाडौंमा नेवा–ताम्सालिङ समन्वय समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले दुईतिहाई बहुमतका साथ प्रदेशको नाम नेवा–ताम्सालिङ रहने दावी गरेका हुन् । ‘यो काम आफैँमा जटिल काम हो, तर हामी निरन्तर छलफलमा छौँ, अन्य जिल्लाका माननीयहरुसँग […]

चट्याङ लागेर एकको मृत्यु

नुवाकोट । नुवाकोटको म्यागङ्ग गाउँपालिका ४ मा शनिबार राति परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ । चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवाकोटले जनाएको छ । प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंँसी, चार बाख्रा र घरमा सामान्य आगलागी पनि भएको छ ।