२ नं. प्रदेश

सिरहा सहितका प्रदेश नं.२ का जिल्लाहरुमा रक्षाबन्धन पर्वको चहलपहल बढयो

गणेश कुमार ठाकुर सिरहा,श्रावण २६ गते । सिरहा सहितका प्रदेश नं.२ का जिल्लाहरुमा राखी (रक्षाबन्धन) पर्वको चहलपहल बढेको छ । साउन पूर्णिका दिन मनाइने यो पर्वको तयारी देखिन थाले सँगै प्रदेश नं.२ का जिल्लाहरुमा अहिलेको दिनमा राखी पर्वको रमझम बढेको हो । मिथिलाका फुटपाथे पसल वा पान पसल..! सबै ठाउँमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम […]

प्रदेश २ मा उपनिर्वाचन हुने, १० पद रिक्त

वीरगञ्ज । प्रदेश दुईका सात जिल्लामा रिक्त रहेका १० जनप्रतिनिधिका लागि आगामी मंसीर १४ गते हुने उपनिर्वाचन हुने भएको छ । उपनिर्वाचन हुने प्रदेश–२ का स्थानीय तहमा महोतरी जिल्लाको पिपरा गाउँपालिकामा अध्यक्ष, मटिहानी नगरपालिका–६ मा वडाध्यक्ष, बलवा नगरपालिका–२ र ८ मा वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । यस्तै सर्लाहीको हरिपुर्वा नगरपालिका–१ मा वडाध्यक्ष, रौतहटको गढीमाई […]

उत्तरवाहिनीमा बोलबम यात्रा गर्नेको भीड

गणेश कुमार ठाकुर/ सिरहा । हिन्दू धर्मावलम्बीहरूले शिवको महिमा गाउने महिना हो साउन । साउन चढेसँगै जताततै बोलबमको चहलपहल बढ्दो देखिएको छ । विशेष गरी साउनको हरेक सोमबार गेरुवस्त्र धारण गरी नदी तथा कुण्डमा गई स्नान गरी त्यहाँबाट ल्याएको जल गाईको दूध, बेलपत्र शिव मन्दिरमा चढाइन्छ । जलाशयबाट जल ल्याई “बोलबम” भन्दै यात्रा गर्दाको वातावरण […]

बर्षासँगै परेको चट्याङ्मा परी २को मृत्यु

राजविराज । आज विहान भएको बर्षासँगै परेको चट्याङ्मा परेर दुईको मृत्यु भएको छ । खेतमा काम गरिरहेको अवस्थामा चट्याङ् परि मृत्यु भएको हो । मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कङ्कालिनी नगरपालिका–११ का ४५ वर्षीया शिवसती देवी पण्डित रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

युवतीको विभत्स हत्या

महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० भरतपुरमा गए राति चोरहरुको एक समूहले युवतीको विभत्स हत्या गरेका छन् । गौशाला नपा–१० भरतपुर बस्ने विष्णुकुमार श्रेष्ठको घरमा गए राति अन्दाजी एक बजेतिर ८÷१० जनाको अज्ञात हतियारधारी समूहले श्रेष्ठको घरमा पसी चोरी गर्न लागेको अवस्थामा घरधनी श्रेष्ठकी छोरी २७ वर्षीया छोरी अञ्जुकुमारी श्रेष्ठले टोल छिमेकलाई होहल्ला गरी गुहार […]

देबी खुसी पार्न अढाई वर्षे बालकको बली !

जनकपुर । वैशाख २३ गते अपरान्ह अढाई वर्षका बालक समीर (आर्यन) साह आँगनमा खेलिरहेका थिए । आमा रेणुदेवी नजिकैको बारीमा घाँस काट्दै थिइन् । छिमेकका सत्रुघ्न महतो नजिकैको इनारबाट पानी तानिरहेका थिए, जसलाई आर्यन ‘बाबा’ भनेर सम्बोधन गर्थे । बालक एक्लै खेलिरहेको बेला महतोले देखे । त्यसपछि आएर उनलाई आफ्नो घरमा लगेर अनि भैंसीको दूध […]

भाइले गोली चलाउँदा घाइते भएका दाजुको मृत्यु

वीरगञ्ज । घरायसी विवादमा भाइले चलाएको पेस्तोलको गोली लागेर घाइते भएका ४८ वर्षीय शेष फारुकको मृत्यु भएको छ । जिराभवानी गाउँपालिकाका ४८ वर्षीय शेषलाई ३८ वर्षीय कान्छा भाइ शेख सेराजुद्धिन पेस्तोलले हानेको थियो । घाइते शेषलाई वीरगञ्जमा उपचार सम्भव नहुने भएपछि काठमाडौं लैजाने क्रममा शुक्रबार बिहान ३ बजेतिर उनको मृत्यु भएको हो । भाइ सेराजुद्धिनलाई […]

दलित बस्ती जाने बाटोमा पर्खाल

सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–९ डुमरी गाउँका १३ घर दलित परिवारले प्रयोग गर्दै आएको सार्वजनिक बाटोमा स्थानीय केही व्यक्तिले पर्खाल निर्माण गरेका छन् । दलित बस्ती जोड्ने सडकमा पाँच फिट अग्लो पर्खाल निर्माण गरिएपछि १३ परिवार दलितलाई आवत–जावतमा समस्या भएको छ । सडक क्षेत्रको जग्गा आफ्नो भएको दाबी गर्दै स्थानीय लडुवती यादव र उनका भतिजाहरूले […]

‘केपी सरकारले जनतालाई सपनाबाहेक केही बाँड्न सकेन’

बारा । केपी ओली सरकारले जनतालाई सपना मात्र बाँडेको नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले बताएका छन् । नेपाली काङ्ग्रेस क्षेत्र नं १ ले मायादेवी गाउँपालिकाको डुमरामा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले सरकारले जनतालाई पूरा गर्र्न नसक्ने सपना बाँडेको आरोप लगाए । काङ्ग्रेस केन्द्रीय सदस्य दीपक गिरीले सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाए । अर्का केन्द्रीय […]

एक किलो सुनसहित एक पक्राउ

रौतहट । रौतहट प्रहरीले शुक्रबार बिहान एक किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । विषेश सुचनाका आधारमा प्रहरीले गौरस्थित बस पार्कबाट एक किलो सुनसहित गौर नगरपालिका, ५ का अनुकेश कुमार साहलाई पक्राउ गरेको हो । लामो समयदेखि अबैध सुन व्यापार गर्दै आएको सुचनाका आधारमा साहलाई पक्राउ गरेको रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले जानकारी […]