१ नं. प्रदेश

१९ लाई डेंगु सङ्क्रमण

झापा । मानवको मृत्यु हुने गरी महामारी फैलाउने डेंगु यो बर्ष पनि नेपालमा देखा पर्न थालेको छ । यो वर्षमा अहिलेसम्म १९ जनालाई डेंगु सङ्क्रमण भएको दमक नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालयले जानकारी दिए । झापा दमकमा अहिले डेंगुको सङ्क्रमण हुन नदिन त्यस ठाउमा विभिन्न जनचेतना साथै जमेर रहेको पानीमा लार्भा बढ्ने भएकाले नष्ट […]

काँकडभिट्टा नाकामा नेविसंघको प्रदर्शन

झापा । नेपाल विद्यार्थी संघ (नेविसंघ) झापाले पूर्वी काँकडभिट्टा  नाकामा प्रदर्शन गरेको छ । विहीबार नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीको नेतृत्वको टोलीले भारतबाट आउने विषादीयुक्त तरकारी तथा फलफूल चेकजाँच गरेर मात्र नेपाल भित्र्याउन माग गर्दै प्रदर्शन गरेको हो । विषादीयुक्त तरकारी तथा फलफूल चेकजाँचबारे सरकार आफूले गरेको निर्यणबाट पछि हटेपछि सर्वोच्चले चेकजाचको आदेश दिएको थियो। […]

विप्लव समूहका धनकुटा-मोरङ सेक्रेटरी दिपक राई पक्राउ

विराटनगर । नेत्रविक्रम चन्द विप्लव नेत्रृत्वको नेकपाका धनकुटा- मोरङ सेक्रेटरी मोरङको केराबारी गाउँपालिका-३ का दीपक राई पक्राउ परेका छन् ।  ४५ वर्षीय राईलाई बिहीबार प्रहरीको विशेष टोलीले केराबारी-३ बाटै पक्राउ गरेको जानकारी मोरङ प्रहरी प्रमुख एस.पी. विश्व अधिकारीले दिए। उनका अनुसार राईलाई एउटा घरमा सेल्टर लिएर बसिरहेको अवस्थामा पक्राउ गरिएको हो। सरकारले प्रतिबन्ध लगाएपछि राई आफ्नो […]

बाटो अवरुद्ध भएपछि हेलिकोप्टरबाट राहत वितरण

काठमाडौं । लगातारको अविरल वर्षको कारण उदयपुर जिल्लाको निर्वाचन क्षेत्र-२ अन्तरगतको ताप्ली गाउँपालिका र लिम्चुइबुङ पुग्ने सडकखण्डा भत्केर अबरुद्ध भएपछि स्थानिय सरकार पहलमा उक्त क्षेत्रमा हेलिकप्टरबाट राहत पठाएको छ । पहिलो चरणमा दाल १८० किलो, चामल २ हजार १० किलो, तेल एक सय २० लिटर र नुन १ सय ५० किलो नेपाली सेनाको हेलिकप्टरबाट पठाएको […]

विप्लव समुहको गोली लागेर पहिलोपटक प्रहरीको मृत्यु, विप्लवका इन्चार्ज पनि मारिए

भोजपुर । भोजपुर सदरमुकाममा सदरमुकामको हटिया लाइनमा विप्लव समुह र प्रहरीबीच दोहोरो भीडन्त भएको छ । भिडन्त हूँदा पहिलोपटक विप्लव समुहको गोलीबाट प्रहरी जवान सन्जीव राईको मृत्यु भएको छ । त्यसैगरी विप्लव समूहका ओखल्ढुंगाका इन्चार्ज निरकुमार राईको पनि मृत्यु भएको हो । अर्का एक प्रहरी सोम भट्टराई घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार […]

सार्वजनिक मञ्चमा मेयर द्धारिकलाल चौधरीको सम्बोधन, ‘रण्डी जिन्दावाद’ (भिडियोसहित)

काठमाडौं । आफू भ्रष्टचारविरुद्धको अभियानमा रहेको भन्दै भ्रष्ट कर्मचारीलाई कालोमोसो दल्ने र आफूविरुद्ध प्रायोजित समाचार लेख्न पत्रकारको नाकको हड्डी भाँच्ने धम्की दिएर चर्चामा आएकार इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले आपत्तिजनक अभिव्यक्ति दिएका छन् । सामाजिक विकृतिविरुद्धको अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिलाहरु उपस्थित भएकै ठाउँमा पटक–पटक ‘रण्डी जिन्दावाद’को नारा लगाउँदै आपत्तिजनक अभिव्यक्ति दिएका हुन् । […]

प्रचण्डले फेरि भने, ‘सहमति जे भए पनि केपीजीले ५ वर्ष सरकार चलाउन सक्नुहुन्छ’

धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जे सहमति भएको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वर्ष नै सरकार चलाउन सक्ने बताएका छन् । सुनसरी क्षेत्र नं–१ का कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले सहमति जे भए पनि सहमतिमै केपी ओली नै पाँच वर्षसम्म सरकार चलाउन सक्ने बताए […]

राजधानीको विषयमा विराटनगर बिहानैदेखि आन्दोलित, जनजिवन प्रभावित

विराटनगर । १ प्रदेशका राजधानीको विषयलाई लिएर सोमबार बिहानैदेखि आन्दोलनका कारण विराटनगर महानगरपालिका ठप्प रहेका छन्। राजधानीसँगै कार्यपालिका तथा व्यवस्थापिकालगायत अन्य संरचना विराटनगरमै हुनुपर्ने माग राख्दै अनिश्चितकालिन आन्दोलन सुरु भएको हो। प्रदेश १ को स्थायी राजधानी विराटनगरसँगै कार्यपालिका तथा व्यवस्थापिकालगायत अन्य संरचना बृहत् विराट क्षेत्रअन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैचा आसपासमा निर्माण गर्ने प्रस्ताव नेकपाले प्रदेश […]

प्रदेश-१ को राजधानी तोक्ने विषयमा चार प्रस्ताव दर्ता

बिराटनगर । प्रदेश-१ को राजधानीका तोक्नका लागि आइतबार चार प्रस्ताव दर्ता भएकाे छ । प्रदेशको नामका विषयमा कुनै पनि प्रस्ताव नआए पनि स्थायी राजधानीका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी प्रस्तावक र समर्थक लिलम बस्नेत, विजयकुमार ओझा, सावित्रा रेग्मी र यशोदा अधिकारीले विराटनगर राजधानी हुनुपर्ने प्रस्ताव दर्ता गराएका छन् । विराटनगरकै लागि […]

मण्डपबाटै पक्राउ परे बेहुला-बेहुलीसहित ४ जना

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिकाभित्र विवाह गर्न लागेका एक जोडीसहित अभिभावकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले मण्डपबाटै पक्राउ गरिएको हो । खाँदबारी नगरपालिका–६ तल्लो पांठाबाट प्रहरीले शनिबार बेहुला–बेहुलीसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । पक्राउ पर्नेमा बेहुला ३६ बर्षीय जित बहादुर तामाङ, बुवा कैलाशपति तामाङ, बेहुली र उनको […]