सुदुरपश्चिम प्रदेश

गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाईसेवा

जुम्ला । जुम्लाका दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाईसेवा दिइने भएको छ । जुम्लाका गर्भवती र सुत्केरीलाई लक्षित गरी यस्तो व्यवस्था गरेको हो । गर्भवती अवस्थामा अत्यधिक शरीर सुन्निएको,  लगातार लामो प्रसव व्यथा लागी बच्चा जन्माउन कठिनाइ भएको, सुत्केरीपश्चात अत्यधिक रक्तश्राव भएको  गर्भमै बच्चाको मृत्यु भएको, अवस्थामा पूर्णरूपमा निःशुल्क […]

गोकुलेश्वर कलेजमा राजनीतिक संगठन र स्ववियु खारेज, स्ववियु सभापतिको आपत्ती

बैतडी । बैतडीको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजले विद्यार्थी संघ, संगठनहरूले शैक्षिक वातावरणलाई अशान्त पार्ने भएका कारण कलेजमा दर्ता रहेका राजनीतिक संघ, संगठन र स्ववियु खारेज गरेको जनाएको छ । कलेजले स्ववियु भित्रका कुनै विद्यार्थीसँग छलफल नै नगरेर विज्ञप्ती जारी गरेको भन्दै कलेजका स्ववियु सभापति राजेन्द बमले आपत्ती जनाएका छन् । गत शुक्रवार (साउन ३ […]

हावाहुरीमा ज्यान गुमाउनेको संख्या २ पुग्यो, सयौँ जना घाइते

काठमाडौं । गएराति आएको हावाहुरीका कारण कैलाली र कञ्चनपुर २ जनाले ज्यान गुमाएको छ । हावाहुरीका कारण त्यहाँका झण्डै १०० भन्दा बढी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हावाहुरीबाट गोदावरी नगरपालिका, कैलालीका वीरबहादुर चौधरीको ज्यान गएको हो । त्यससँगै टीकापुरमा पोल्ट्री फर्मको वाल भत्किँदा लहानु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । […]

धनगढी विमानस्थल एक महिनाका लागि बन्द हुने

धनगढी । सूदुरपश्चिमबाट काठमाडौं हवाई उडान हुने एक मात्र धनगढी विमानस्थल आइतबादेखि एक महिनका लागि बन्द भएको छ । विमानस्थल बन्दसँगै यस प्रदेशबाट हवाईमार्ग भएर काठमडौं ओहोरदोहोर गर्ने यात्रु समस्यामा परेका छन् । काठमाडौंलगायत राम्रा अस्पतालमा उपचार गराउन जानुपर्ने बिरामीलाई सबैभन्दा बढी गाह्रो भएको छ । हृदयघातलगायत केही गम्भीर बिरामीको सूदुरपश्चिममा उपचार उपलब्ध नभएकाले हवाई […]