गण्डकी प्रदेश

कोरला नाका व्यवस्थापनका लागि सरकारले उपलब्ध गरायो १ हजार ४ सय रोपनी जग्गा

मुस्ताङ । चीनसँग जोडिएको कोरला नाकाको व्यवस्थापनका लागि सरकारले १ हजार ४ सय रोपनी जग्गा उपलब्ध गराएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार कोरला नाकामा नेपाली सेना, भन्सार कार्यालय, शसस्त्र प्रहरी र जनपथ प्रहरीको क्याम्प, अध्यागमन कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गराएको हो । यस बारे  ‘गत असार २१ गते निर्णय भएको हो,’ […]

गोरखाबाट ओढारमा लुकाइराखेको १६ किलो सुन बरामद

काठमाडौं। गोरखाबाट अवैध १६ किलो सुन प्रहरीले  बरामद गरेको छ ।  गोरखाको प्रहरीले ओढारमा लुकाइराखेको अवस्थामा १६ किलोग्राम सुन बरामद गरेको हो । गोरखाको धार्चे गाउँपालिका ३ को खोर्लाबेशी बजारभन्दा एक किमीमथिको रहेको पहरोको ओडारमा लुकाइराखेको अवस्थामा प्रहरी बिहिबार विाहान बरामद गरेका हुन् । प्रहरीले चुमनुब्री गाउँपालिकाका धनकमल गुरुङलाई पक्राउ गरेपछि उनले सो लुकाइराखेको ठाँउ […]

धादिङको बाझगाउँमा जीप दुर्घट्ना, ४ जनाको निधन, १० घाइते

लक्ष्मण लोप्चन/धादिङ । यहाँस्थित कार्कीगाउँबाट तरकारी बोकेर वैरेनीतर्फ आउँदै गरेको जीप दुर्घट्ना हुँदा ४ जनाको मृत्यु भएको छ । बा १८ च ९४०८ नम्बरको जीप गल्छी गाउँपालिका ६ को बाझगाउँमा सडकबाट २० मिटर तल खस्दा घटनास्थलमा नै ४ जनाको मृत्यु भएको हो । प्रहरी निरीक्षक हेमराज घिमिरेका अनुसार दुर्घटनामा घाइते भएका १० जनाको धादिङको गल्छी, […]

विप्लव नेकपाको गोप्य बैठकमा प्रहरीको घेरा, बैठकस्थलबाट १८ पक्राउ

पोखरा । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गोप्य बैठकमा घेरा हालेर प्रहरीले १८ जना नेता कार्यकर्ता पक्राउ गरेका छन् । नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको नेकपाको बैठकस्थलबाट १८ नेता कार्यकर्ता पक्राउ गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, कास्कीको टोलीले अन्नपूर्ण गाउँपालिका–११ उरीबाट शनिबार राति पक्राउ गरिएको हो। पक्राउ पर्नेहरुमा विप्लवका कास्की सेक्रेटरी आक्रोश भनिने […]

मन्त्री अर्याल भन्छिन्, ‘सहकारीको चर्को ब्याज नियन्त्रण गर्नुपर्छ’

पोखरा । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी जनताको संस्था हुँदा–हुँदै पनि पनि चर्को व्याज लगाएको गुनासो आएको बताएकी छन् । सहकारी विभागले शुक्रबार आयोजना गरेको प्रदेश तथा स्थानीय तहका सहकारी नियामक अधिकारीका लागि सहकारी प्रर्वद्धन कार्यशालाको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकारीले चर्को व्याज लगाएको सुनेको बताउँदै जनताको सिधा पहुँच रहेका […]

बाँदर आतंकले सिंगो गाउँ नै विस्थापित

वालिङ । बाँदर आतङ्कले यहाँको एक गाउँका बासिन्दा विस्थापित हुँदै गएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका– १० डुबिण्डाँडाका बासिन्दा घर छोडेर अन्यत्रै बसाइँसराइ जाने क्रम बढ्दै गएको हो । बाँदरको आतङ्कका कारण डुबिण्डाँडाजस्तै यो वडाका अन्य गाउँका बासिन्दा पनि घरबार छोडेर बसाइसराइ गर्ने क्रममा छन् भने त्यहीँ बस्दै आएका स्थानीयवासीले पनि खेतबारी बाँझै राख्न थालेका […]

कुसुण्डा बालबालिकालाई सहयोग घोषणा

दमौली । अति लोपोन्मुख जातिको रूपमा रहेको कुसुन्डा परिवारको बालिकाको शैक्षिक र स्वास्थ्य सहयोगका लागि सहयोग अभियान घोषणा भएको छ । नेपालको शिक्षा, पर्यटन र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको साभ नेपालले तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँ निवासी इन्द्रमाया कुसुण्डाकी छोरी सीमान्तको शिक्षा र स्वास्थ्यका लागि सहयोग अभियान घोषणा गरेको हो । आइतबार दमौलीमा साभ नेपालका […]