कर्णाली प्रदेश

विप्लव युवा सङ्गठनका अध्यक्ष पक्राउ

जाजरकोट । प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह, युवा सङ्गठन नेपालका अध्यक्ष खड्क विसी सुर्खेतबाट पक्राउ परेका छन् । उनलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो । अशान्ति फैलाउने तथा चन्दा उठाउने आरोपमा पक्राउ गरेका हुन् ।

बालविवाहलाई वाडाध्यक्षले दिए वैधानिकता

हुम्ला । हुम्ला सर्केघाड गाउँपालिका–८ का वडाध्यक्ष ट्यारे रोकायाले बालविवाहलाई वैधानिकता दिएको छ । सो गाँउपालिकाका १५ वर्ष सीता र १८ वर्षका पारसलाई वाडाध्यक्षले वैधानिकता दिएको हो । उनिहरु गत वैशाखमा परम्परागत विवाह भएको थियो । सो विवाहलाई वडाध्यक्ष रोकायाले वडा कार्यालयमा विवाह दर्ता गरी वैधानिक मान्यता दिएको स्थानीय स्वास्थ्य स्वयंसेविका जुना ऐडीले बताए । […]