खेल

वल्भ्ससँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

इङ्लिस प्रिमियर लिगको उपाधि दावेदार म्यानचेस्टर युनाइटेडले तुलनात्मक रुपमा कमजोर टोली वल्भ्ससँग अंक बाँडेका छन । स्टार स्ट्राइकर पाउल पोग्वा पेनाल्टीमा चुकेपछि म्यानचेस्टर युनाइटेड वल्भ्ससँग बराबरीमा रोकिएको हो। सोमबार राति भएको खेलमा युनाइटेडलाई वल्भ्सले १–१ गोलको बराबरीमा रोकेको हो । युनाइटेडले सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँडेको थियो । २७औं मिनेटमा एन्थोनी मार्सियलको गोलबाट अग्रता […]

‘फाटेको जुत्ता लगाएर क्रिकेट खेलेँ’ : ज्ञानेन्द्र मल्ल

तनहुँ । ‘जब मैले बच्चादेखि नै क्रिकेट खेल्न शुरु गरेँ मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन’, तनहुँको व्यास नगरपालिकाका युवामाझ आफ्नो अनुभव सुनाउँदै नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले भने, ‘सानैदेखि क्रिकेट एकदमै मन पथ्र्यो, क्रिकेट खेल्दाखेल्दै आजको अवस्थामा आइपुगेको हुँ ।’ उपकप्तान मल्लले शुरुवाती चरणमा फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेको अनुभव […]

नेपाल र किर्गिस्तान आज भिड्दै

एसियन भलिबल कन्फेडेरेसन ९एभिसी० सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता आज ९सोमबार० देखि ललितपुरमा सुरु हुँदैछ । प्रतियोगितको उद्घाटन खेलमा नेपालले बलियो टोली किर्गिस्तानको समना गर्दैछ । लगनखेल स्थित आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा नेपाल र किर्गिस्तानबीचको खेल अपरान्ह ४ः०० बजे हुनेछ । शारिरिक रुपमा अग्लो किर्गिस्तान यस प्रतियोगिताको बलियो टोली हो […]

दोस्रो खेलमा बराबरीमा रोकियो चेल्सी

इङ्लिस प्रिमियर लिगको बलियो टोली चेल्सी दोस्रो खेलमा लेस्टर सिटीसँग १–१ गोलको बराबरीमा रोकिएको छ । यससिजन खराव नतिजाबाट सुरुवात गरेको चेल्सीले आइतबार राति भएको दोस्रो खेलमा पनि सुरुवाती अग्रता जोगाउन सकेन । चेल्सी लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडसँग ४–० गोलले पराजित भएको थियो । घरेलु मैदानमा चेल्सीले सातौं मिनेटमै अग्रता लिएको थियो । चेल्सीका […]

ला लिगामा एट्लेटिको म्याड्रिडको विजयी सुरुवात, अल्भारो मोराटा बने नायक

स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले ला लिगामा विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेलाई १–० गोलले हरायो । एट्लेटिकोको कठिन जितमा अल्भारो मोराटा नायक बने । मोराटाले खेलको २३औं मिनेटमा गरेको गोल नै एट्लेटिकोको जितमा पर्याप्त बनेको थियो । मोराटाले काइरन ट्रिपिएरको पासमा गोल गरेका थिए । काइरन यसैसिजन टोट्टनहामबाट एट्लेटिको आएका […]

पहिलो खेलमै पीएसजीको अप्रत्यासित हार

साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वानको पहिलो खेलमै अप्रत्यासित हार खेपेको छ । आइतबार राति भएको खेलमा पीएसजी रेनेससँग २–१ गेलले पराजित भयो । खेलमा सुरुवाती अग्रता लिएपनि पीएसजी अन्तमा हार खेप्न बाध्य बनेको थियो । रेनेसको घरेलु मैदानमा खेलिएको खेलमा पीएसजीले ३६औं मिनेटमा पहिलो गोल गरेको थियो । पीएसजीका एडिन्सन […]

नेपाली धावक निमेश गुरुङलाई चीनमा जारी विश्व पुलिस फायर गेम्समा तेस्रो स्वर्ण पदक

१ भदौं, काठमाडौं । सिंगापुर पुलिस फोर्समा कार्यरत नेपाली धावक निमेश गुरुङले चीनमा जारी विश्व पुलिस फायर गेम्समा तेस्रो स्वर्ण पदक जितेका छन् । उनले आइतबार भएको १० हजार मिटर ट्रयाक एन्ड फिल्डमा स्वर्ण पदक जितेका हुन् । विश्व पुलिस फायर गेम्समा निमेशको यो तेस्रो स्वर्ण पदक हो । उनले यसअघि हाफ म्याराथन र १० […]

बार्सिलोनाका लुइज स्वारेज आयाक्स क्लब जाने

एजेन्सी । हाल स्पेनिस क्लब बार्सिलोनाबाट उत्कृष्ट प्रदर्सन गरिरहेका बार्साका महत्वपूर्ण खेलाडी लुइज स्वारेज भावी समयमा डच क्लब आयाक्स जान सक्ने सम्भावना बलियो रहेको आयाक्सका लिजेन्ड स्वार्टले बताएका छन् । डच क्लब आयाक्सबाट आफ्नो करिअरलाई ठूलो उचाईमा पुर्याएवापत स्वारेजले सन्यास पनि आयक्सबाटै लिन सक्ने स्वार्टले एक अन्तरवार्तामा भनेका छन् ।एक कार्यक्रममा अन्तर्वार्ता दिने क्रम मा […]

घाइते मेस्सी के गर्दैछन् त, के दोश्रो खेलमा फर्केछन् त ?

ला लिगाको नयाँ सिजनको पहिलो खेलमा बार्सिलोनालाई अर्को चोट बेहोर्नु परेको छ । मेस्सी विना मैदान उत्रेको बार्सिलोनाले लुइज स्वारेज घाइते हुन पुगेका छन् बार्सिलोना एथ्लेटिक बिल्विओसँग १–० गोल अन्तरले पराजित भएको हो । प्री–सिजनको कुनै खेलमा सहभागी नभएका लियोनन मेस्सीलाई लिएर प्रशिक्षक इर्नेस्टो भाल्भार्डे जोखिम लिने पक्षमा छैनन् । चोटमुक्त भएर फर्कने क्रममा रहेको […]

तेश्रो डिभिजनको क्लबसँग युभेन्टसको संघर्षपूर्ण जित

एजेन्सी । प्रि सिजन अन्तर्गत मैत्रीपुर्ण खेलमा युभेन्ट्सले तेस्रो डिभिजनको क्लबसंग साघुँरो अन्तरले संघर्षपुर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा ईटालियन क्लब युभेन्ट्सले ट्रिएस्टिनालाई १-० गोल अन्तरले हराएको हो । नयाँ सिजनको तयारीमा रहेको युभेन्ट्सले रोनाल्डोविनाको खेलमा तेस्रो डिभिजनको क्लबसंग साघुँरो अन्तरको जित निकालेको हो ।संघर्षपूर्ण खेलको ३८ औ मिनेटमा पाउलो ड्याबालाले क्लबका […]