कलाकार डिबी बोम्जनको जीवनी (भिडियो)

उज्यालो प्रतिनिधि १३ चैत्र २०७७, शुक्रबार

काठमाडौँ । सिन्धुलीको मरिन गाउँपालिका वडा नं ३ बरुण भलायोमा बुवा दल बहादुर बोम्जन र आमा नङसिल माया बोम्जनको कोखबाट बि स २०४४ साल मंसिर २० गते जन्मिएका डिबी बोम्जन कलाकारितामा स्थापित नाम हो ।

उनी नेपाल चलचित्र कलाकार संघका पुर्व केन्द्रिय सदस्य समेत हुन । बाल्यकालदेखी नै कलाकारिता क्षेत्रमा रुची राखेका बोम्जनको बाल्यकाल सुखद नै बित्यो । शुरुवाती चरणमा नायक बन्छु भनेर कलाकारीता क्षेत्र रोजेका उनले धेरै संघर्ष गर्नुपर्यो । कक्षा ८ पढ्दापढ्दै उनी कलाकार बन्छु भनेर घरबाट भागेर काठमाडौँ आए ।

उनी सम्झन्छन “फोनको जमाना थिएन, १५ दिनपछी बुवाले थाहा पाउनु भएछ फेरी घरमै फर्किएर गए ।” उनी गाउँ नजिकै रहेको क्यानेश्वर माद्यामिक विद्यालयमा माद्यमिक तहको अध्ययन सकेर ६१ सालमा काठमाडौँ पसे । महेन्द्र रत्न क्याम्पसमा स्त्नातक तह अध्ययनसँगै कलाकारिता क्षेत्रमा लागे उनी । उनले आफ्नो अध्ययनसँगै अभिनय कक्षा लिन थाले । “पत्रीकामा कलाकार चाहियो भनेर छाप्ने गर्दथे । मैले प्राय: पत्रीकामा हेर्ने गर्दथे । खुब चासो हुन्थ्यो । शुरुमा दर्पण फिल्म्स प्रालिमा धाउन थाले । साप्ताहिक पत्रीकामा व्रिहस्पती फिल्मस प्रा.ली ले तु कलाकार चाहियो भनेर छाप्ने गर्दथे । मलाई निकै झुक्क्याए ।” उनले भने ।

शुरुमा धुवाँ यो नशा चलचित्रबाट खलपात्रको रुपमा कलाकारीता क्षेत्रमा लागेका उनले दर्जनौ म्युजिक भिडियोमा समेत अभिनय गरेका छन । टेलिसिरियल परिचयमा दावाको भूमिकामा अभिनय गरेका उनलाई दावा उपनामले चिनायो । उनले छिरिङ्ग, रेलिमाई,फिर्के,हिरो रिटन्स लागायत दर्जनौ चलचित्र र परिचय, दृष्टि,जक्सन काठमाडौँ,डियर जिन्दगी,तनाब जिन्दगी,डिट्ठा साब,जेटी डन लगायत दर्जनौ टेलिसिरियलमा अभिनय गरिसकेका छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार