डेढ दशकदेखि पत्रकारितामा संलग्न लोप्चन मूलतः राजनीतिक र सामाजिक विकृतिविरुद्ध कलम चलाउँछन् । पछिल्लो समय ‘उज्यालो नेपाल डटकम’ मा प्रधान सम्पादक रहेका लोप्चन त्यसअघि कमाण्डर पोष्ट दैनिक, थाहा खबर डटकम लगायतमा कार्यरत थिए । उनीसँग २०७३ साल कार्तिक महिनादेखि २०७४ जेठसम्म कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका तत्कालीन मन्त्रीको प्रेस सल्लाहकार र २०७९ साल फागुन ०२ गतेदेखि २०८० साल साउन २७ गतेसम्म तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको प्रेस सल्लाहकार भएर कार्यसम्पादन गरेको अनुभव छ ।






