सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो
काठमाडौं । सल्यानको कपुरकोट गाउँपालिका खारखोलामा आज विहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । ८ जनाको घटनास्थलमा र ४ जनाको उपचारका क्रममा मृत्यु भएको सल्यान प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको श्रीनगर अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते तीन जनालाई होलिकोप्टरबाट कोहलपुर अस्पताल लगिएको छ । ३६ जना यात्रु सवार बस तिव्र गतिमा थियो । बस सडकबाट २ सय मिटर तल खसेकाले मृत्यु हुनेको संख्या बढेको हो । थप पढ्नुहोस् ...