नेपालको दोश्रो जित,मलेसिया पराजित
काठमाडौं । काठमाडौँको किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रीकेट रंगशालामा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा मलेसियाविरुद्ध नेपाल ९ विकेटले विजयी भएको छ । मलेसियाले दिएको १ सय १० रनको सामान्य लक्ष्य नेपालले १२ ओभर १ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितका नायक बनेका युवा खेलाडी ओपनर कुशल भुर्तेल नायक बने ।उनले अविजित रहदै ६१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ४१ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६१ रनको योगदान दिए । नेदरल्यान्ड्सविरुद्धको खेलमा टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका उनको यो लगातार दोस्रो अर्धशतक हो । शनिबार नेदरल्यान्ड्सविरुद्धको खेलमा कुशलले ६२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । त्यस्तै नेपालको सहज जितका लागि अर्का ओपनर आसिफ शेखले ४२ रन जोडे । उनले २९ बलमा ४ चौका थप पढ्नुहोस् ...





