La liga

एट्लेटिकोले जित्दा बार्सिलोना र रियल मड्रीडलाई गहिरो चोट

काठमाडौँ । गए राती एट्लेटिको मड्रीडले रियल सोसिडाडलाई २-१ गोल अन्तरले हराउँदा स्पेनिस ला लिगाको उपाधि यात्रामा रियल मड्रीड र बार्सिलोनालाई गहिरो चोट लागेको छ । घरेलु मैदानमा यान्निक कारास्कोको १६ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । यस्तै २८ औं मिनेटमा एन्जल कोर्रेयाले गोल गर्दै एट्लेटिकोको अग्रता २-० को बनाए । त्यसपछि खेलको ८३ औं मिनेटमा सोसिडाडका इगोर जुबेल्डियाले एक गोल फर्काएपनि एट्लेटिको २-१ ले विजयी भयो । जितसँगै एट्लेटिको ला लिगाको उपाधि नजिक पुगेको छ । एट्लेटिकोले अब बाँकी दुई खेल जितेमा उपाधि आफ्नो बनाउने छ । एट्लेटिकोले ३६ खेलमा ८० अंक जोडेको छ । सोसिडाड ५६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ३० बैशाख २०७८, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार