खानीखोलालाई लयमा हिडाउँदै छिन्ताङ
काभ्रे । काभ्रेको विकट क्षेत्रको रुपमा परिचित डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले गाउँपालिकालाई लयमा हिडाउने प्रयास थालेका छन् । खानीखोलाका निवर्तमान जनप्रतिनिधिमाथि गाउँपालिकालाई बेथितिमा चलाएको आरोप थियो । गाउँपालिकामा कर्मचारी नबस्ने, विपद्को पूर्वतयारी नगर्ने, सेवाग्राहीको काममा कर्मचारीले ध्यान नदिँदा समेत जनप्रतिनिधि निरीह बन्ने, नागरिकको दुखलाई टाढैबाट हेरेर बस्ने र नीति कार्यक्रमसहित बजेट विनियोजनका बेला आफूखुसी निर्णय गर्ने लगायतको बेथितिमा खानीखोलामा चलेको आरोप थियो । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष थिङले खानीखोलालाई बेथितिबाट लयमा हिडाउने प्रयास गरेका हुन् । • पहिलो सुधार कर्मचारीबाट गाउँपालिकाका अध्यक्ष थिङले पहिलो सुधार कर्मचारीबाट थालेका छन् । खानीखोलामा कर्मचारी कार्यालयमा नभेटेको भन्दै सेवाग्राहीले यसअघि पनि पटकपटक गुनासो सुनाउँदै आएका थिए । ‘यो भन्दा अगाडि हामीले कर्मचारी कि त बनेपा/धुलिखेल नभए ठीमी भेट्ने गथ्र्यौ’ नाम थप पढ्नुहोस् ...