सम्मानजनक बहिर्गमनको पक्षमा प्रधानन्यायधीश, सहकर्मीलाई पठाए सन्देश
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सहकर्मी न्यायाधीशहरूसमक्ष सम्मानजनक बहिर्गमनको प्रस्ताव पठाएका छन् । उनको राजीनामा मागिरहेका न्यायाधीशहरू आइतबार पनि छलफलमा बसिरहेका बेला प्रधानन्यायाधीश जबराको प्रस्ताव न्यायाधीश मनोज शर्मामार्फत पुगेको थियो । ‘त्यस्तो प्रस्ताव आएपछि न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशको प्रस्तावबारे स्पष्ट कुरा बुझ्न अनौपचारिक रूपमा जिम्मेवारी दिइएको छ,’ सर्वोच्चका एक न्याायधीशले भने । प्रधानन्यायाधीश जबराले न्यायको मूल्यमा कार्यपालिकासँग राजनीतिक सौदाबाजी गरेको, उनमा न्यायिक विचलन देखिएको, न्यायमा अवरोध गरेको र न्याय प्रशासनमा खेलबाड गरेकाले उनलाई न्यायिक नेतृत्वका रूपमा स्वीकार गर्न नसक्ने न्यायाधीशहरूको भनाइ रहँदै आएको छ । गत मंगलबार प्रधानन्यायाधीशलाई सामूहिक रूपमा भेटेर न्यायाधीशहरूले आफ्ना यस्ता धारणा राखेका थिए । सर्वोच्चका न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराले संवैधानिक न्याय प्रणालीलाई नेतृत्व दिन नसकेको, न्यायिक क्षेत्रको नेतृत्वकर्ताका रूपमा जबराको विश्वसनीयतामा थप पढ्नुहोस् ...