काठमाडौंका मेयर बालेन भन्छन्, ‘म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु’
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो तलबबाट दिवंगत र्याप गायक यमवुद्धको शालिक बनाउने प्रष्टिकरण दिएका छन् । यमबुद्धको शालिक बनाउने मेयर शाहको निर्णय र त्यसमा बजेट छुट्याइएको विषयप्रति व्यापक आलोचना भइरहेको छ । महानगरबासीको आवश्यकता भन्दा आफ्नो व्यक्तिगत चाहनाको योजनामा बजेट राखिएको भन्दै बालेनको विरोध भएको थियो । शनिबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै बालेनले आफ्नो तलबको रकमबाट यमवुद्धको शालिक बनाउने घोषणा गरेका हुन् । थप पढ्नुहोस् ...





