हुम्लामा

हुम्लाका खेलाडीलाई खेल सामग्री सहयोग

हुम्ला ।  हुम्लामा फुटबल सिक्दै आएका खेलाडीलाई खेल सामग्री सहयोग गरिएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–४ का रमेश महर्जनले फुटबल खेलाडीलाई खेल सामग्री सहयोग गर्नुभएको हो । महर्जनले हुम्ला आएर खेल सामग्री हस्तान्तरण गर्नुभएको हो । उनले २१ खेलाडीलाई जर्सी, १७ थान फुटबल, ११ थान प्याड र प्रशिक्षणका लागि चाहिने चारवटा पोल सहयोग गर्नुभएको हुम्ला फुटबल ऐकेडेमीका अध्यक्ष विष्णु रावतले जानकारी दिए । सिमकोट तल्लो बजारस्थित सिमसार क्षेत्रको धुलाम्मे मैदानमा खेलाडी विनाजर्सी अभ्यास गर्दैआएका थिए । यस्तै गोल नेपालले उपलब्ध गराएको फुटबल सामग्री पनि खेलाडीलाई वितरण गरिएको छ । हाल जिल्लाका १३ वर्षभन्दा कम उमेरका खेलाडीले फुटबल प्रशिक्षण लिइरहेका छन् । हुम्ला फुटबल एकेडेमीले खेलाडीलाई प्रशिक्षणको व्यवस्था गरेको हो । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।  थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ३० असार २०७९, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार