हिमालय एयरलाइन्सद्वारा चीनको छिङदाओमा उडान सुरु
काठमाडौँ । हिमालय एयरलाइन्सले काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिङदाओमा हवाई उडान सुरु गरेको छ । एयरलाइन्सले चीनतर्फ गन्तव्य विस्तारका क्रममा छिङदाओमा आजदेखि चार्टर्ड उडान सुरु गरेको हो । दुई देशबीच पर्यटन प्रवर्द्र्धन गर्ने उद्देश्यले काठमाडौँबाट चिङदाओमा सिधा उडान सञ्चालन गरिएको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । उनले कम्पनीले चीनका कम्तीमा १० गन्तव्यमा उडान गर्ने लक्ष्य रहेको जनाउँदै १० लाख पर्यटक भित्र््याउने बताए । “हिमालयको उडान पर्यटकीय दृष्टिकोणले हेरिनुपर्छ भन्ने लाग्छ । हाम्रो आठ वर्षे हवाई यात्राका दौरान चीनसँगको सम्बन्ध प्रगाढ तुल्याउँदै बढी भन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य रहेको छ”, उपाध्यक्ष श्रेष्ठले भने, “अहिलेसम्म जतिपनि उडान भए नयाँ गन्तव्य विस्तार गरेर पर्यटन प्रवद्र्धनमा प्रयास गरिरहेका छौँ ।” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छिङताओको पहिलो उद्घाटन उडानमा सवार यात्रुलाई संस्कृति, पर्यटन तथा नागरिक थप पढ्नुहोस् ...






