सात खर्ब लागतका परियोजनाको ‘मास्टर डिजाइनर’ भन्छन–प्राधिकरणको निर्देशकमा मेरो पनि दाबी रहन्छ
रमेश लम्साल/काठमाडौं । “नेपाल विद्युत प्राधिकरणले इञ्जीनियरिङ कम्पनी स्थापना गर्ने निर्णय गर्यो । संस्थाले दिएको जिम्मेवारी पूरा गर्न म एक्लै निस्केँ । आयोजनाको परामर्शको क्षेत्रमा केही गर्नुपर्छ भन्ने थियो । यतिखेर तीन वर्ष पूरा हुँदा केही गरियो भन्ने स्थानमा आइपुगेको छु”, सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिसँग कुरा शुरु गर्दै प्रबन्ध सञ्चालक हितेन्द्रदेव शाक्यले भने । प्राधिकरणभित्र विशेषगरी प्राविधिक क्षेत्रमा अब्बल ठहरिएका र वरिष्ठ उपकार्यकारी निर्देशकहरुमध्ये शीर्षस्थानमा रहेका शाक्यलाई तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले नै उक्त कम्पनी स्थापना गरेर जिम्मेवारी दिएका छन् । कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको १७ प्रतिशत, एचआइडिसीएलको १५ र विद्युत् उत्पादन कम्पनीको १७ प्रतिशत शेयर हिस्सा रहेको छ । परामर्श एवं इञ्जीनियरिङ सेवामा विदेशिने ठूलो रकम जोगाउँदै दक्ष जनशक्ति निर्माणमा कम्पनीले भूमिका थप पढ्नुहोस् ...


