महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु
काठमाडौँ । आजदेखि महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियानको पहिलो दिन काठमाडौँ महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गीले आर्थिक उन्नति र शिक्षाको अवसरले महिलाको सशक्तीकरण हुने र यस अवस्थामा हिंसाका घटना कम हुने धारणा राखे । अन्तक्र्रियामा अधिवक्ता मीरा ढुङ्गानाले महिला, पुरुष वा तेस्रो लिङ्गी भएकै कारण भेद्भाव, अपमान, दुव्र्यवहार, शारीरिक, मानसिक, भावनात्मक वा यौनजन्य पीडा सबै हिंसा रहेको भन्दै त्यसलाई कम गर्नका लागि कानून कार्यान्वयनमा जोड दिनुपर्ने बताए । नेपालमा बोक्सीको आरोप, महिनावारी र सुत्केरीसम्बन्धी मूल्यमान्यता, गाली, बेइज्जती, छुवाछूत, दाइजो, लिङ्ग पहिचानबाट गरिने भ्रूण हत्याजस्ता हिंसा धेरै हुने गरेको तथ्याङ्कले देखाउँछ । यस प्रकारका अपराध हुन नदिन नेपालको संविधानले विभिन्न अधिकारको व्यवस्था गरेको छ । महिलाको हक, शोषणविरुद्धको हक, छुवाछूत र भेदभावविरुद्धको हक, समानताको थप पढ्नुहोस् ...