हात्तीपाइलेको ‘औषधि सेवन कार्ड’ अनिवार्य
पर्वत । अन्धविश्वास र कुप्रचारका कारण नागरिकले हात्तीपाइलेविरुद्धको औषधि खान नमान्दा पर्वतमा ‘औषधि सेवन कार्ड’ अनिवार्य गरेर हात्तीपाइलेविरुद्धको औषधि खुवाउने तयारी गरिएको छ । हात्तीपाइलेविरुद्धको औषधि सेवन गर्ने अभियान यही फागुन २८ गतेदेखि आगामी चैत ६ गतेसम्म सञ्चालन हुने भएको हो । औषधिलाई परीक्षणका रूपमा प्रयोग गरिएको हो भन्ने कुप्रचारका कारण औषधि सेवन गर्न नमानेपछि यस्तो उपाय अपनाइएको हो । स्वास्थ्यकर्मीकै प्रत्यक्ष निगरानीमा औषधि खुवाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले बताए। पर्वतको कुश्मा नगरपालिका–१ पाङको नुवार, टार र ततरकोट तथा फलेवास नगरपालिका–५ खानीगाउँ हात्तीपाइले रोगको जटिल क्षेत्र हुन् । लगातार छ वर्षसम्म हात्तीपाइलेविरुद्धको औषधि सेवन गरेमा त्यसपछि भने सेवन गर्नु नपर्ने भए पनि पर्वतमा भने यो पटक १३औँ चरणमा औषधि खुवाउन थालिएको छ । थप पढ्नुहोस् ...