उपत्यकामा पुन : ‘नो हर्न’ अभियान
काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि नो हर्न कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडि बढाइएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रमुख आतिथ्यमा आज एक कार्यक्रमकाबीच नो हर्न अभियानलाई पुनः सुरु गरिएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौं महानगर प्रमुख शाहले ‘नो हर्न’ लेखिएको पहेँलो स्टिकर एकअर्काको सवारी साधनमा टाँसेर कार्यक्रमको शुभारम्भ भएको घोषणा गरे। ‘नो हर्न’ अभियान सफल बनाउनका साथै सडक प्रयोगकर्तामा सचेतना फैलाउन आजदेखि पद्मकन्या बहुमुखी क्याम्पसका एक सय जना विद्यार्थी १५ दिनका लागि ट्राफिक प्रहरीसँगै सडकमा खटिएका छन् । हर्नले ध्वनी प्रदूषण मात्र नभइ व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले ‘नो हर्न’ कार्यक्रमलाई निरन्तरता दिन लागिएको काठमाडौँ महानगर प्रमुख शाहले बताए । काठमाडौं उपत्यकामा ध्वनी थप पढ्नुहोस् ...