थारु गाउँमा सामूहिक रुपमा हर्धौवा पर्व मनाइँदै
कैलाली । कैलालीका थारु समुदायले गाउँघरमा सामूहिकरुपमा हर्धौवा पर्व मनाइरहेका छन् । खेतीपातीको काम सकेको खुशीयालीका रुपमा हर्धौवा पर्व मनाउने चलन छ । रोपाइँ सकेको खुशाीयालीस्वरुप मनाइने पर्व हर्धौवा थारु समुदायका विभिन्न गाउँमा मनाउन थालिएको हो । हर्धौवा पर्वमा थारु समुदायले गाउँघरमा बङ्गुर मारेर सबै जना जमघट गर्दै रमाइलो खानपानसहित मनाउने चलन रहेको जानकी गाउँपालिका वडा नं ३ का मानबहादुर चौधरीले बताए । “असार महिना भरि किसान खेतमा व्यस्त रहने, खेती गर्दाको थकाइ मेट्न, सबै किसान मिलेर मासुको जोहो गरेर, मीठा मीठा परिकार बनाएर थकाइ मेट्ने चलन छ”, उनले भने, “गाउँका सबैको खेती रोपाइँ सकिएकाले आजभोलि किसान मिलेर खानपान र रमाइलो गरिरहेका छन् ।” उनले घरघरमा भएका नयाँ तरकारी पकाउने, अन्य समयभन्दा मीठो खाने चलन रहेको बताए । थारु थप पढ्नुहोस् ...