हत्या प्रयासको

इराकी प्रधानमन्त्रीको हत्या प्रयासको राष्ट्रसंघद्धारा निन्दा

काठमाडौ । इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीको हत्या प्रयासको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । राष्ट्रसंघीय सुरक्षा परिषदले सो हत्या प्रयासको कडा शब्दमा निन्दा गरेको हो । गत आइतबार इराकी प्रधानमन्त्री कादिमीको निवासमा ड्रोन हमला भएको थियो । प्रधानमन्त्रीलाई हत्या गर्ने उद्देश्यले ड्रोन हमला गरिएको अनुमान गरिएको छ । पछि इराकी सरकारले गरेको अनुसन्धानबाट उनको हत्याका लागि सो ड्रोन हमला भएको बुझिएको छ । बगदादको ग्रीन जोन क्षेत्रमा भएको सो आक्रमणमा प्रधानमन्त्री सुरक्षित रहेको छ । इराकी सेनाले जनाएअनुसार सो आक्रमणमा प्रधानमन्त्रीका केही अंगरक्षक घाइते भएका जानकारी गराएको छ । राष्ट्रसंघीय सुरक्षा परिषदले प्रकाशन गरेको विज्ञप्तिमा सो कार्यको कडा शब्दमा निन्दा गरिएको छ । साथै यस कार्यमा संलग्न हुने जोकोहीलाई पनि नियन्त्रणमा लिएर कडा भन्दा कडा कारबाही गर्न भनिएको छ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २३ कार्तिक २०७८, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार