गाडी किनेको पैसा नतिर्ने नियतले आफ्नै साथीको हत्या
बुटवल । गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पुर्याएर जिल्लाका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । बुटवलको मैनाबगरमा गाडी किनबेचको काम गर्दै आएका दीपक भनिने कुलचन्द्र गौतमले गाडी चालक आफ्नै साथी विष्णुबहादुर पाण्डेको योजनाबद्ध हत्या गरेका हुन् । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास बस्ने ४४ वर्षीय पाण्डेको शनिबार शव भेटिएपछि हत्या भएको पुष्टि भएको हो । पाँच दिनदेखि सम्पर्कविहीन पाण्डेको अर्घाखाँची पाणिनी–२ मा पर्ने डाँडाकटेरीस्थित सिद्ध सामुदायिक वनमा शव भेटिएको हो । हत्याको अभियोगमा पाणिनि–२ घर भई हाल सैनामैना नगरपालिका–६ कलौनी बस्ने ४३ वर्षीय दीपक भनिने कुलचन्द्रलाई प्रहरीले पक्राउ गरेको छ । गौतमले हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका गौतमलाई नेपाल भारत सिमाना बेलहियाबाट आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी थप पढ्नुहोस् ...


