हज समितिको पूर्णतामा ढिलाइले बढायो चिन्ता
काठमाडौँ । नेपाल हज समितिले जेठ २ गतेदेखि हज यात्रीहरू साउदी अरबका लागि प्रस्थान हुने उडान तालिका प्रकाशित गरिसक्दासम्म गृह मन्त्रालयले हज समिति सदस्यहरूको नियुक्ति गर्न सकेको छैन । हज समितिको अध्यक्षको नियुक्ति पनि निकै ढिला भएकोले हज व्यवस्थापनमा समस्या त उत्पन्न हुने होइन, चिन्ताको विषय हो भनी पूर्व मन्त्री जाकिर हुसैनले सामाजिक सञ्जालमा लेखेका छन् । उनले चिन्ता व्यक्त गरी गृह मन्त्रालयलाई चेताउँदै लेखेका छन्, हज समिति सदस्य नियुक्तिमा अझ ढिलो भएमा हज यात्रीहरूको व्यवस्थापनमा समस्या हुनेछ । हाजीहरूको उडान व्यवस्थापन, सदस्य र चिकित्सक टोलीको उडान, भिसा इस्यू, खोप व्यवस्थापन, काठमाडौँमा आवासीय व्यवस्थापन, मक्का व्यवस्थापन, मदीना व्यवस्थापन, मीना(मुज्दल्फा व्यवस्थापन, साउदी अरबमा राहदानी र फ्लाइट सेड्युल व्यवस्थापन, मक्का र मदीनामा आवासीय व्यवस्थापन, मक्कामा क्याटरिङ्ग व्यवस्थापन, हाजीहरूको स्वास्थ्य, उपचार, सुरक्षा र थप पढ्नुहोस् ...