बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी नहुँदा स्ट्रेचरमा सुत्केरी
कालीकोट । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–६ माल्कोट गाउँमा बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी नहुँदा स्ट्रेचरमा नै गर्भवती सुत्केरी भएका छन । माल्कोट गाउँमा रहेको बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी नहुँदा गर्भवती २० वर्षीया वसन्ता विक स्ट्रेचरमा नै सुत्केरी भएका छन । सोमबार बिहान ६ बजे बर्थिङ सेन्टरमा पु¥याए पनि गर्भवती विकको चार घण्टासम्म बर्थिङ सेन्टर बन्द हुँदा बाहिरै बस्नुपरेको र कुनै पनि कार्यालयका स्वास्थ्यकर्मी नभएका कारणले स्ट्रेचरमा नै सुत्केरी हुनुपरेको साथमै रहनुभएकी आफन्त मिमसरा विकले जानकारी दिए । “सुत्केरी व्यथा लागेपछि बिहान ६ बजे नै बर्थिङ सेन्टरमा पु¥याएका थियौँ”, उनले भने, “चार घण्टापछि स्ट्रेचरमा नै सुत्केरी हुनुभयो । त्यसपछि मात्र स्वास्थ्यकर्मी आउनुभयो ।” गाउँपालिकाले करार कर्मचारी हटाउँदा बर्थिङ सेन्टर बन्द भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अम्मर बटालाले बताए । “दुई जना कार्यरत स्थायी स्वास्थ्यकर्मी थप पढ्नुहोस् ...

