नवलपरासी म्यादी प्रहरीमा ५ हजार ७ सय ३८ जनाको आवेदन
रबिन्द्र यादव / नवलपरासी पश्चिम । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन सुरक्षाका लागि खोलिएको म्यादी प्रहरीमा ७७ वटै जिल्लामा आवेदन दिने म्याद शुक्रबार सकिएको छ । नेपाल प्रहरीले एक लाख माग गरेको म्यादी प्रहरी मध्ये नवलपरासी पश्चिम जिल्लामा सुरक्षाका लागि एक हजार २९ जनाको मात्र म्यादी प्रहरी माग गरिएको हो । शुक्रबार अन्तिम दिनसम्म ५ हजार ७ सय ३८ जना मध्येबाट ४ हजार ३ सय ७८ जना पुरुष र १ हजार ३ सय ५८ जना महिला आवेदन दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी प्रेम बहादुर शाहीले बताए । ४० दिने म्यादी जागिरको लालसामा जिल्ला प्रहरी कार्यालय परासीमा दिनहुँ आवेदन दिनेहरुको लाम लाग्ने गरेको थियोे । दिनहु युवाहरूको भिडले देशमा बेरोजगारीको अवस्था छर्लङ्ग पारिदिएको देखिन्छ । आवेदन दिन थप पढ्नुहोस् ...

