बाख्रापालनबाट मनग्य आम्दानी
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैंचा–१ कुमारगाउँका विशाल बुढाथोकीले बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । धनकुटाबाट बसाइ सरेर सुन्दरहरैंचा आउनुभएका बुढाथोकी तनमन लगाएर बाख्रापालनमा लाग्नुभएको छ । पाँच वर्षदेखि बुढाथोकीले कृषि फार्म सञ्चालन गरेर यसमै लाग्नुभएको छ । “बाख्रापालनबाट वार्षिक रु १५ लाख आम्दानी गर्न सफल भए”, उनले भने । उनको फार्ममा उन्नतजातका बयर, जमुनावारि र लोकल जातका गरेर ७० खसीबाख्रा छन् । सुरूआतमा बुढाथोकीले चार बाख्रा र स–साना पाठापाठीबाट व्यावसाय थाल्नुभएको हो । हाल उनको फार्ममा बग्रेल्ती खसीबाख्रा देख्न सकिन्छ । बुढाथोकी परिवार खसीबाख्रा र पाठापाठी खरिद बिक्रीबाट मनग्य आम्दानी आर्जन गर्दै आएको छ । बुढाथोकी जिल्लामै अगुवा र मेहेनती कृषकका रूपमा परिचित छन। उनीलाई व्यवसायमा अघि बढ्न बुवा खगेन्द्रको पनि भरपर्दो साथ सहयोग रहेको छ । “गाई, भैँसी थप पढ्नुहोस् ...

